काठमाडौँलाई विश्वको नमुना सहर बनाउछु:उम्मेदवार शाक्य

वैशाख २१ ।नगरकोट,काठमाडौँ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले काठमाडौँलाई विश्वको नमुना सहर बनाइने आश्वासन दिनु भएको छ ।
रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उहाँले महानगरपालिकाको यातायात व्यवस्थापन, ढल निकास लगायतमा बिकासमा आफुले ठुलो पहल गर्ने बताउनु भयो ।
उम्मेद्वार शाक्यले महानगरलाई २४सैँ घन्टा जीवन्त, गौरवपूर्ण र स्मार्ट सिटीका रुपमा सञ्चालन गर्ने, ‘एक घर,एक रोजगार’, ऊर्जा विकासका कार्ययोजना पनि कार्यान्वयन गरिने प्रतिवद्धता जाहेर गर्नु भयो । शाक्यले तीन वर्षभित्र महानगरको चक्रपथमा मनोरेल सञ्चालन, पुनःनिर्माण, वाग्मती सफाई, पर्यटकका लागि आकर्षक प्याकेज, भ्यु टावर, महानगर विश्वविद्यालय, अस्पतालका योजना आफूसँग भएको पनि बताउनु भयो ।
त्यसै गरी स्मार्ट पार्किङ निर्माण, मेट्रो सिटी, मोनो रेल र खानेपानी तथा फोहर व्यवस्थापनका लागि उपयुक्त डम्पिङसाइटको स्थापना गर्ने लगायत आफ्नो योजना रहेको उहाँले बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु