काठमाडौं, २१ वैशाख – प्रधानान्यायाधिश सुशिला कार्कीलाई लगाइएको महाभियोगको कारण देखाउँदै १७ वैशाखमा पदबाट राजिनामा दिएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा फिर्ता लिएका छन् ।
बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र निधिबीचको छलफल भएपछि उनले राजीनामा फिर्ता लिएका हुन् ।
गृहमन्त्रीका प्रेस संयोजक रामजी दाहालले भने “प्रधानमन्त्री र काँग्रेस सभापतिबीच आज बिहान भएको छलफलमा राजीनामा फिर्ता लिन आग्रह गरेपछि निधिले त्यसलाई स्वीकार गर्दै मन्त्रालयमा फर्किन तयार हुनुुभएको हो” देशको परिस्थिति र निर्वाचनलाई मध्यनजर गर्दै निधिले राजीनामा फिर्ता लिएको प्रेस संयोजक दाहालले बताए ।








