वैशाख १२ ।चितवन,कृषि तथा वन विज्ञान विवि रामपुरमा अनेरास्ववियुक्रान्तिकारी र अनेरास्ववियुबीच मंगलबार बिहान झडप हुँदा दुई जना घाइते भएका छन् ।
छात्रावासको भोजनालयमा खाना खाने क्रममा दुई विद्यार्थी समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
झडपमा परी घाइते हुनेमा अनेरास्ववियुका चिरन्जीवी पन्त र अर्का एक जना रहेको र उनीहरुलाई उपचारका लागि भरतपुरका पठाइएको छ ।
केही दिन अगाडि कलेजमा लगाइने टिसर्टका विषयमा उनीहरुबीच विवाद भएको थियो । झडप भएपछि तुरुन्त प्रहरी अाइपुगेर घटनालाई नियन्त्रणमा लिएका थिए ।







