काठमाडौं । अवैध भन्सार छली गरेर साइकलमा सामान ल्याउँदै गरेका तस्कर र प्रहरीबीच भिडन्त भएको छ । बाराको कलैया उपमहानगरपालिका–१२ स्थित धर्मनगरबाट तस्करले साइकलमा सामान ल्याउँदै गर्दा प्रहरीसँग झडप भएको हो ।
कपडा, सुर्ति तथा गुट्खा साइकलमा ल्याउँदै गरेका बेला गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा तस्करले प्रहरीमाथि आक्रमण गरेका थिए ।
उनीहरुले प्रहरीबाट एक थान सटगन लुटेर फरार भएका छन् । झडपमा ४ जना प्रहरी घाइते भएका छन् । घटनास्थललाई घेरा हालेर प्रहरीले उनीहरुको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।







