सिड्नी,अष्ट्रेलिया
प्रवासमा रहेका पछिल्ला पुस्ताहरु विशेषगरि स-साना बाल बालिकाहरुले आफ्नै नेपाली भाषा बोल्न असाध्धै गाह्रो मान्ने यो समयमा अष्ट्रेलिया सिड्नीमै बसोबास गर्दै आईरहेका विभु,बार्ज्,सीमोन,सीमोलले संस्कृतमा नाटक देखाएका छन। “संस्कृतमा नाटक”झट्ट सुन्दा अचम्म मानियता पनि यो सिड्नीमा सम्भब भएको हो।अध्यात्मिक गुरु आचार्य राजन शर्माले सो नाटकको परिकल्पना साथै निर्देशन गर्नुभएको हो।
हिन्दुहरुको महान पर्ब तिहार (दिपावली)नजिकिंदै गर्दा सो अवसरमा अस्ट्रेलियाको रामचरितमानस वेदान्त प्रशिक्षण केन्द्रमा दिपावलि बिशेष कार्यक्रम सम्पन्न भएको हो। बहुसामुदायीक जमातको भेलारहेको अस्ट्रेलियाको रामचरितमानस वेदान्त प्रशिक्षण केन्द्रमा पुर्वीय दर्शनको सार तत्व र जीवन जीउने सरल अध्यात्मिक कला सिकाईन्छ।पश्चिम सिड्नीको सो अध्यापन केन्द्रका प्रमुख एक नेपाली नै हुन्नुहुन्छ। अध्यापन केन्द्रका प्रमुख आचार्य राजन शर्मा उंहाले झन्डैँ ८ बर्ष देखि पूर्वीय दर्शनको प्रशिक्षण दिईरहनुभएको सो केन्द्रमा अस्ट्रेलियन , फिजियन , भारतीय, नेपाली तथा विभिन्न देशका साधकहरू विच विशेष आकर्षण बनेको छ।
अध्यात्मिक चिन्तन ,जीवन जिउने सरल कला रमायाण , भागवत गीता , संस्कृत तथा पुर्वीय दर्शनमा आधारित शास्त्रहरूको वैज्ञानिक र व्यवहारिक सारतत्व उंहाको अध्यापनका विषय वस्तु हुन्। हिजो सम्पन्न सो कार्यक्रममा नेपाली अस्ट्रेलियन,फिजियन,भारतीय,थुप्रै समुदायको उत्साहजनक सहभागिता रहेको थियो। आउँदो पुस्तालाई पनि आफ्नै संस्कृति सिकाउनु र आकर्षित गर्नु पर्नेमा गुरु आचार्य राजन शर्माले जोड दिनुभएको थियो। विदुर सापकोटाले असनेपालन्युज सँग कुरा गर्दै विविध साँस्कृतिक कार्यक्रम समेत रहेको सो कार्यक्रमबाट थुप्रै बहुसामुदायीक जमातले लाभ उठाउने बताए।








