नेपालले गर्‍यो भारतीय सैनिकमाथि आक्रमणको विरोध

काठमाडौं । पाकिस्तानमा हुने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ अौं शिखर सम्मेलन पछाडि सरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै कात्तिक २४ र २५ गते पाकिस्तानको राजधानी इस्लामावादमा तय भएको सम्मेलन पछि सरेको पुष्टी गरेको हो। यद्यपी सम्मेलन कहिले हुने भन्नेबारे केही खुलाइएको छैन।

उयुक्त वातावरण नहुँदा पाकिस्तानमा हुन गइरहेको १९ अौं शिखर सम्मेलन स्थगित भएको जानकारी आयोजक राष्ट्रबाट पाउँदा नेपाल दुखिद छ,पाकिस्तानले अध्यक्ष राष्ट्रलाई सम्मेलन सारिएको जानकारी दिएको छ, परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।

शिखर सम्मेलनपछि धकेलिएपनि अध्यक्ष राष्ट्रको हैसियतमा सम्मेलन आयोजनाका लागि नेपालले उचित पहल गर्ने बताएको छ। त्यसका लागि सबै सदस्य राष्ट्रसँग आवश्यक परामर्श गरिने विज्ञप्तिमा भनिएको छ। यस्तै दक्षिण एसियाली राष्ट्रहरुबीचको समन्वयमा शान्ति र स्थायित्व अपरिहार्य रहेको भन्दै नेपाल सरकारले त्यस क्षेत्रमा शान्ति र स्थायित्व प्राप्तिका लागि आतंकवादको अन्त्य हुनुपर्ने बताएको छ।

आतंकवादविरुद्धको लडाइमा नेपालले ऐक्यवद्धता जनाउने विज्ञप्तिमा उल्लेख छ। नेपालले सार्क क्षेत्रमा हुने आतंकवादी क्रियाकलापको सधैँ भर्त्सना गर्दै आइरहेको छ भर्खरै काश्मिरको उरीमा रहेको भारतीय सेनाको क्याम्पमा भएको हमलाको पनि नेपाल घोर भर्त्सना गर्दछ, विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित शिर्षकहरु