काठमाडौं,११ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्को पहिलो दल नेपाली कांग्रेस मुलुकप्रति बिल्कुलै जिम्मेवार नहरेको ठोकुवा गरेका छन् ।
एमाले प्रदेश–३ को पहिलो बैठकमा बोल्दै ओलीले यतिबेला कांग्रेस टन्न घाँस खाएर अघाएपछि उग्राएको भैंसी जस्तै बनेको बताएको आजको राजधानी दैनिकमा खबर छ ।
‘नेपाली कांग्रेसले के खायो थाहा छैन । तर, टक्क घाँसकुँडो खाएपछि भैंसी उग्राएर बस्छ नि, न्याम÷न्याम गर्छ नि, मतलबै नभएको जस्तो । नेपाली कांग्रेस त्यस्तै भइरहेको छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने । उनले यतिबेला मुलुक गम्भीर समस्यामा रहे पनि कांग्रेसको कुनै नीति र दृष्टिकोण नै नभएको जिकिरसमेत गरे । ‘उसको राष्ट्रिय नीति के हो रु छिमेक नीति के हो रु भइरहेका काममा कांग्रेसको दृष्टिकोण के हो रु केही थाहा छैन,’ ओलीले भने ।
ओलीले कांग्रेसकै गलत चिन्तन र कार्यशैलीका कारण मुलुक फेरि समस्यामा परेको बताए । कांग्रेस आकार, प्रकार र साइजले प्रमुख पार्टीको हैसियतमा डम्म परेर बसेको तर केही नबोलेको उनको भनाइ थियो ।
‘कांग्रेस यसरी उग्राएर बसेको छ कि, मानिलिऊँ केही भएकै छैन,’ ओलीले भने ।








