अस्ट्रेलियामा मृत्‍यु उत्सव !

असनेपालन्युज, सिड्नी । कांधमा लाश। मुखमा हांसो । शरीरमा नांच । मलामिहरू नांच्दै ढोलक र सनाइ मा सङ्गितमाय यात्रा। यो यात्रा योद्दा , जन्ती र विजय जुलुस हैन , मलामिको हो । मृत्‍यु जीवनको अन्त्य हैन । यहि सत्यलाई बोधगर्दै अस्ट्रेलियाका अध्यात्मिक साधक तथा किर्तन सम्राट ‘प्रेम प्रभु ‘ को अन्त्यस्टी यात्रा थियो यो । प्रभु को पत्नि ‘गीति’ स्वयं अध्यात्मिक चेतनाकि सचेत साधक थीईन , त्यसैले त उनले आफ्नो पतिलाई नांचेरै विदा गर्ने साहस गरिन । अांशुका रसायनहरू उत्सवका रसायनमा परिवर्तन भए । उनले असनेपालन्युज प्रतिनिधिलाई भनीन् भनिन’ मेरो पतिले मृत्‍यु हैन अमरता प्राप्त गर्नु भएको हो “।
चैतन्यको रुप परिवर्तन मात्र हो । जसले मृत्‍युलाई उत्सवको रुपमा स्वीकार गर्न सक्छ उसले जीवनलाई पनि उत्सवमय बनाउंन सक्छ । -यस्तै भनाइहरू मुखरित भईरहेका थिए मालामि हरू बाट । मृत्‍यु होस त यस्तो होस्” नेपाली समुदायको तर्फ बाट पुग्नु भएका विज्ञान स्वामि को भनाइ थियो । सो अवसरमा विभिन्न साधनाका योगी-योगिनी , ओशो सन्यासि तथा वाल वच्चाहरूको समेत उल्लासमय उपस्थिति थियो । सिड्निको पुर्वी स्मशान केन्द्र स्थित ‘मिलिटरी रोड ‘ को सो चिहान डांडो पुरै उल्लासमाय बनेको थियो। आचार्य राजन शर्माले सबै साधक साधिकाहरूलाई ध्यान , मन्त्र साधना गराउंदै ” जसरि हामी जन्मलाई स्वागत गर्छौं मृत्‍युलाई पनि यसरीनै स्वागत गरिनु पर्छ भन्दै पश्चिम र पूर्वीय दर्शनको साधना तथा वैदिक विज्ञानका बारेमा प्रवचन गर्नु भएको थियो ।
अस्ट्रेलियाका एक योगि, संङ्गित चेतनाका शिखर साधक ‘प्रेम प्रभु ‘ को मृत्‍युलाई अस्ट्रेलियाका विभिन्न शहरमा हप्ताभारि नै मनाईएको छ । जहां अस्ट्रेलियाका सयौं साधक साधिका भेलाभएर , श्मशानमा , ध्यान , साधना , मन्त्र , स्तुति र नांच , कीर्तन गर्दै एक अनुपप शान्ति को तरङ्ग फैलाउन प्रयास गरियो । प्रभुको आत्माले चीर शान्ति पावोस्। मृत्‍युलाई फरक ढङ्गले बुझ्ने र बुझाउने साहस गरेकोमा ‘गितिजी ‘ तथा उनको परिवारलाई धन्यवाद तथा कोटि नमन । गत सात नेपाल सहयोगका लागि आयोजना गरिएको ‘मन्त्र महोत्सवमा ‘ ओशोनिक प्रेम प्रभुले केन्थर्स्ट योग आश्रममा आफ्नो सुन्दर प्रस्तुति राखेका थिए ।14375157_1139613316121077_283460682_o 14424141_1139613082787767_1805003505_o 14374719_1139612556121153_254305805_o 14339220_1139613366121072_432647107_o giiti-11 geeti7 geeti5 geeti2 geeti1 geeti-12 geeti-9 geeti-8

सम्बन्धित शिर्षकहरु