फास्ट ट्रयाक भारतलाई दिनुपर्छः गृहमन्त्री

काठमाडौं १Bimalendra-Nidhi८ भदौ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले काठमाडौं(तराई जोड्ने फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिनुपर्ने धारणा दोहोर्‍याएका छन् ।

संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार मान्त्री निधिले फस्ट ट्रयाकको निर्माण देशको हितमा रहेको दाबी गरे । ‘म भौतिक योजना मन्त्री हुँदा फाट ट्रयाक निर्माण ठेक्का दिन भारतीय कम्पनीसँग विधिवत रुपमा प्रारम्भिक सम्झौता भएको थियो’, उनले भने, ‘तर यसअघिको सरकारले जोसमा परियोजना आफैं बनाउने निर्णय गर्‍यो ।’

प्रमुख प्रतिपक्षी एमालेले फूट ट्रयाक बन्न नदिन भूमिका खेलिरहेको भन्दै उनले रोष प्रकट गरे । मन्त्री निधिले विगतमा अरुण तेस्रो जलविद्युत आयोजना निर्माण हुन नदिएकै कारण मुलुकमा विद्युत अभाव जारी रहेको बताए । उनले फास्ट ट्रयाकसमेत तुहाउने खेल भइरहेको बताएका छन् ।

सर्वोच्च अदालतले इन्फ्रास्टक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेज नामक विवादित भारतीय कम्पनीलाई फास्ट ट्रयाक निर्माणको ठेक्क नदिन आदेश जारी गरिसकेको छ । अन्नपूर्ण पोष्टबाट

सम्बन्धित शिर्षकहरु