प्रेमिकाद्धारा प्रेमीमाथि एसिड प्रहार

acidइस्लामावाद । आफूलाई विवाह गर्न नमान्ने एक पुरुषमाथि एसिड छ्यापेको आरोपमा पाकिस्तानमा एक महिला पक्राउ गरेकी छिन् । करिव २० वर्षका ती युवक यतिबेला मुल्तान सहरमा ५० प्रतिशत डढेको शरीर लिएर उपचाररत छन् ।

पारिवारिक स्रोतका अनुसार दुवैजना लामो समयदेखि प्रेमसम्बन्धमा थिए तर युवाले अन्ततः विवाह गर्न मानेनन् । तर आरोपित युवतीले चाँही आफूमाथि आक्रमण प्रयास भएपछि आत्मरक्षाका लागि त्यस्तो आक्रमण गरेको बताइन् ।
पाकिस्तानमा एसिड आक्रमण बारम्बार हुनेगर्छ तर पुरुष सिकार हुनुचाहिँ यो दुर्लभ घटना हो ।आजको कान्तिपुर दैनिकमा यो समाचार छ ।

सम्बन्धित शिर्षकहरु