स्पेनको संघर्षपूर्ण जित

जेठ ३२ । काठमाडौं, डिफेण्डिङ च्याम्पियन स्पेनले युरो कप फुटबलको पहिलो खेलमा चेक रिपब्लिकमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

उपाधिमा हृयाट्रिक गर्ने लक्ष्यसहित फ्रान्स पुगेको स्पेनले सोमबार चेक रिपब्लिकमाथि १-० गोफ अन्तरको जित हात पारेको हो ।

Spain's Sergio Ramos misses with a chance during the Euro 2016 Group D soccer match between Spain and the Czech Republic at the Stadium municipal in Toulouse, France, Monday, June 13, 2016. (AP Photo/Hassan Ammar)

सुरुदेखि नै बल पोजिसनमा हावी भएको स्पेन चेक रिपब्लिकको डिफेन्स लाइनलाई तोड्न सकिरहेको थिएन । उसका गोल गर्ने केही प्रयासलाई गोलकिपर पिटर चेकले असफल पारे ।

माराटा, जोर्डी अल्बा र डेभिड सिल्भाले मौका पाए पनि गोल गर्न सकेनन् । तर, खेल बराबरीतर्फ उन्मुख भएको बेला जेरार्ड पिकेले गोल गरे । आन्द्रे इनिष्टाको पासमा उनले हेड गोल गरेका हुन् ।

खेलको अन्तिममा चेक रिपब्लिकका यारोस्लाभको प्रहार स्पेनका गोलरक्षक डेभिड डी जियाले उत्कृष्ट बचाउ गर्दै जित दिलाए ।

सम्बन्धित शिर्षकहरु