उपराष्ट्रपति पुनद्वारा चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गर्ने निमन्त्रणा हस्तान्तरण, चीन साउथ एसिया एक्स्पो उदघाटन

 

(160612) -- KUNMING, June 12, 2016 (Xinhua) -- Chinese Vice Premier Wang Yang (R) meets with Vice President of Nepal Nanda Bahadur Pun who came to China to attend the opening ceremony of the fourth China-South Asia Exposition in Kunming, capital of southwest China's Yunnan Province, June 12, 2016. (Xinhua/Lin Yiguang) (zwx)

जेठ ३१। काठमाडौँ, चीनको भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जिन पिङलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरेको पत्र चिनियाँ उपप्रधानमन्त्रीलाई आइत्बार हस्तान्तरण गरेका छन्र ।

उनले आइत्बार सो पत्र चीनका उपप्रधानमन्त्री वाङ याङलाई चीनको युन्नान प्रान्तको कुन्मिङमा भएको भेटमा हस्तान्तरण गरेका हुन्र ।

चीन भ्रमणमा रहेको उपराष्टपति पुन नेतृत्वको नेपाली टोलीले आइत्बार कुन्मिङका विभिन्न कार्यक्रममा भाग लिनुका साथै चीन सरकारका उच्च पदाधिकारीसँग भेटघाट गरेको छ ।

आइत्बार बिहान उपराष्ट्रपति पुनले चौथो चीन साउथ एसिया एक्स्पो र २४औँ कुन्मिङ मेला भएको स्थान दियान्ची अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रको अवलोकन गरे।

मेलामा रहेका १०० भन्दाबढी कक्षको अवलोकनपछि उनले उद्घाटन वक्तव्य दिएका थिए । उनले सो अवसरमा चीन र दक्षिण एसियाबीच आर्थिक, सामाजिक, सांस्कृतिक तथा जनस्तरको आदानप्रदानका लागि एक्स्पो महत्वपूर्ण हुने बताए ।

बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आज प्रकाशित प्रेस विज्ञप्तिअनुसार उपराष्ट्रपति पुनले एक क्षेत्र एक सडक पहलकदमीबाट क्षेत्रीय विकासमा सहयोग गर्नुका साथै हाम्रा आर्थिक सम्बन्ध बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे

उपराष्ट्रपति पुन, चीनका उपप्रधानमन्त्री वाङ तथा अन्य दक्षिण एसिया र दक्षिणपूर्व एसियाका उच्च नेताहरुले एक्स्पो र व्यापार मेलाको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

आइत्बारै अपराह्न उपराष्ट्रपति पुनले ११औँ चाइना साउथ एसिया बिजिनेस फोरमलाई सम्बोधन गर्दै २१औँ शताब्दीको एसियाली सपना पूरा गर्न चीन र दक्षिण एसियाका देशबीच सहयोगमा जोड दिदिए ।

सम्बन्धित शिर्षकहरु