बाबुरामको नयाँ शक्ति यस्तो बन्दै

naya-saktiकाठमाडौं । पार्टी घोषणाको पूर्वसन्ध्यामा नयाँ शक्ति नेपालले राजनीतिक कार्यदिशा, सांगठनिक संरचना र आर्थिक समृद्धिको प्रस्तावलाई अन्तिम रुप दिन छलफल थालेको छ ।

राष्ट्रिय भेलामा प्रस्तुत गर्ने गरी डा. बाबुराम भट्टराईको नेतृत्वमा राजनीतिक वैचारिक दस्तावेज, देवेन्द्र पौडेलको नेतृत्वमा विधान र रामेश्वर खनालको नेतृत्वमा आर्थिक समृद्धिको दस्तावेज तयार पारिएको छ ।

प्रस्तावित विधानमा एक सय ५१ सदस्यीय केन्द्रीय समिति हुने बताइएको छ । जसमा अध्यक्ष, तीन उपाध्यक्ष, महासजिव तीन सजिव र एक कोषाध्यक्ष रहनेछन् ।

त्यस्तै एक व्यक्ति दुई कार्यकाल भन्दा बढि कार्यकारी पदमा बस्न नपाईने बताइएको छ । नयाँ शक्ति नेपालले एक वर्षभित्रमा महाधिवेशन गर्ने भएको छ ।आजको नयाँ पत्रिका दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

सम्बन्धित शिर्षकहरु