काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति भए आफू प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन् ।
आाजको नयाँ पत्रिका दैनिकमा छापिएको समाचार अनुसार महोत्तरी पुगेर प्रचण्डल भनेका छन्, संविधान कार्यान्वयन, शान्तिप्रक्रिया टुंगो लगाउन, मधेसी जनताका मागलाई सम्बोधन र विकास निर्माणका काम अघि बढाउने सर्तमा कांग्रेस र एमालेको प्रस्ताव आए प्रधानमन्त्रीका लागि तयार रहेको बताए । ‘हामी राष्ट्रिय सहमतिका लागि प्रयास गरिरहेका छौँ । मेरा लागि प्रधानमन्त्री मुख्य छँदै छैन । तर, यसबीचमा केही भ्रम पर्यो कि प्रचण्डले प्रधानमन्त्री खोज्यो । नेपाली कांग्रेससँग कुरा गर्दागर्दै चटक्कै छाडेछ, कतै धोका भयो कि भन्ने कुरा पनि बाहिर आए, राजनीतिमा यस्तो अपन–डाउन र जिकज्याक हुँदो रहेछ,’ सोमबार महोत्तरीको बर्दिवासमा एमाओवादीनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन उद्घाटनमा उनले भने । मधेसी नेतालाई आन्दोलनको नैतिक अधिकार छैन उनले तराई मधेसमा मधेसी नेतालाई आन्दोलन गर्ने नैतिक आधार नभएको बताए ।
‘अघिल्लो संविधानसभाका प्रमुख पार्टीहरूबीचमा ११ प्रदेश बनाउने सहमति भएको थियो । त्यहाँ तराईमा दुई प्रदेश थिए । यो सहमतिमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, विजय गच्छदार (त्यतिखेर मधेसी मोर्चाको संयोजक हुनुहुन्थ्यो)पनि सहमत हुनुभयो । कांग्रेस, एमाले पनि सहमत भएपछि ड्राफ्ट गरियो । सहमतिको अन्तिम बिन्दुमा पुगेर हस्ताक्षर गर्ने वेलामा मधेसी मोर्चाका साथीहरू पछि हटिदिए,’ प्रचण्डले भने, ‘हिजो ११ प्रदेश, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र थुप्रै पहिचान पाएको संविधान बन्न नदिने अनि अहिले यो चाहियो र त्यो चाहियो भनेर आन्दोलन गर्ने नैतिक अधिकार ती साथीहरूलाई छ त रु’ ‘कांग्रेसलाई धोका दिएको छैन’ प्रचण्डले आफूले कांग्रेसलाई धोका नदिएको दाबी गरेका छन् । ‘मलाई शेरबहादुरजीले तपाईं प्रधानमन्त्री बन्ने भए मलाई केही आपत्ति छैन भन्नुभएको थियो । मलाई नेपाली कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गर्दा भो, अहिले म हुन्नँ भन्दा धोका दिएको हुन्छ र रु’ उनले भने, ‘मैले उहाँ ९शेरबहादुर देउवा०लाई प्रधानमन्त्री हुनोस् भनेर पछि छाडेको भए पो धोका हुन्छ । बजेट ल्याउने वेला सरकार ढालेर राम्रो हुँदैन । सबैको सहमति हुने देखिएन भन्दा मैले कसरी धोका दिएको भन्न मिल्छ र रु’








