श्रीमतीको नग्न तस्बिर श्रीमानलाई पठाएपछि …

cyber-crimeवैशाख २७ । काठमाडौं, एक महिलाको नग्न तस्बिर खिचेर उनको श्रीमानलाई पठाउने व्यक्ति पक्राउ परेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ–इटहरी घर भई काठमाडौंमा बस्ने जसपति चौधरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । चौधरीले एक महिलाको नग्न तस्वीर उनका श्रीमानलाई मोबाइलमा इमो (निःशुल्क फोन तथा एसएमएस पठाउने एप) मार्फत पठाएका थिए । चौधरीलाई प्रहरीले विद्युतीय कारोबार ऐन (साइबर क्राइम) अभियोगमा थुनामा राखी कारबाही अघि बढएको छ ।

चौधरी पूर्व प्रहरी
पूर्वप्रहरीसमेत रहेका चौधरी एक महिलासँग नजिक हुँदा उनको तस्वीर खिचेका थिए । सोही तस्वीरपछि उनले महिलाको श्रीमानलाई पठाएका थिए । महिलाललाई भनेर पठाएकोमा झुक्किएर उनको श्रीमानको मोबाइलमा गएको चौधरीले प्रहरीलाई बयानमा बताएका छन् ।

गलत काममा संलग्न भएका कारण चौधरीको प्रहरीबाट जागिर गएको थियो । पछिल्लो समय उनी चालक पेसामा आवद्ध थिए । महानगरीय प्रहरी परिसरका डिएसपी रविन्द्र रेग्मी अनुसार चौधरीले झुक्किएर सो फोटो सेन्ड भएको बताएका छन् ।

सम्बन्धित शिर्षकहरु