काठमाडौं । सत्तारुढ दल एकीकृत नेकपा माओवादी आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णयसँगै सरकारबाट फिर्त हुने ÷ नहुने टुंगो आज लगाउने भएको छ ।
बुधबार बसेको पदाधिकारी र स्थायी समिति बैठकले अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको हो ।
उसले एमाले अध्यक्ष केपी शर्मा आलीलाई दिएको समर्थन फिर्ता नलिई आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार गठनको प्रयास थालेको छ । एमाओवादीले ओली नेतृत्वको सरकार छाड्ने ÷नछाड्नेबारे केही बताएनन् ।
प्रधानमन्त्रीसँगको छलफलमा उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न कांग्रेस तयार भएको भन्दै सरकारमा एमालेको सहभागिताको लागि मात्रै आग्रह गरेका थिए । जवाफमा प्रधामन्त्री ओलीले नीति तथा कार्यक्रम र बजेट ल्याएपछि वर्तमान गठबन्धनबाटै प्रधानमन्त्री बन्न दाहाललाई आग्रह गरेका थिए । आजको राजधानी दैनिकमा खबर छ ।








