काठमाडाैं । गठबन्धनका दुई प्रमुख वामपन्थी दल एमाले र एमाओवादीबीच नै असमझदारी बढेपछि ओली सरकार असुरक्षित बन्न पुगेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–सत्य निरुपण तथा मेलमिलाप आयोगमा धेरै उजुरी एमाओवादीका नेताविरुद्ध परेका छन् । त्यस्तै, अदालतमा पनि धमाधम मुद्दा ब्युातिन थालेका छन् । द्वन्द्वमा राज्य र विद्रोही दुवैतर्फबाट मान्छे मारिए पनि अहिले विद्रोहीलाई मात्र संगठित रूपमा निशाना बनाइएको एमाओवादीको आरोप छ । अझ त्यसमा पनि कांग्रेसभन्दा एमालेसाग नजिक रहेका वकिल तथा गैरसरकारी संस्थाका प्रतिनिधिले आक्रामक भएर उजुरी हालेको उसको गुनासो छ । सरकारमा सहयात्रा भए पनि शान्तिप्रक्रियामा फरक स्वार्थ प्रकट भएको भन्दै एमाओवादीले गठबन्धनको भावनामाथि प्रश्न उठाएको छ ।
बजेट रकमान्तरमा दुई दलबीच असमझदारी
सरकारले नयाा बजेटको तयारी गरेको छ, तर अहिलेसम्म चालू आर्थिक वर्षको बजेटबाट विकास खर्च एकतिहाइ पनि खर्च हुन सकेको छैन । यहीबीचमा अर्थ मन्त्रालयले ६ अर्बभन्दा बढी रकमान्तर गरेर आफ्नै प्राथमिकताका योजनामा हालेको आरोप एमाओवादीको छ । गठबन्धनको सरकार भए पनि बजेटमा एमालेले एकलौटी गरेकोमा एमाओवादीले असन्तुष्टि व्यक्त गरेको छ ।
ओलीले एक महिनाअघिको पत्रको जवाफ दिएनन्
एमाले र एमाओवादीबीच गठबन्धन बन्दा आठबुादे सहमति भएको थियो । तर, सहमतिअनुसार भूकम्पपीडितको पुनर्वास तथा संरचनाको पुनर्निर्माण हुन नसकेको, कालोबजारी नियन्त्रण नभएको भन्दै छलफलका लागि एमाओवादीले प्रधानमन्त्रीलाई पत्र लेखेको थियो । तर, त्यसको जवाफ नदिएर प्रधानमन्त्रीले आफूहरूलाई उपेक्षा गरेकोमा एमाओवादी स्थायी समिति बैठकले प्रधानमन्त्रीको विरोध गरेको छ । सोमबार बसेको बैठकले सरकार असफल भएको ठहरसमेत गरिसकेको छ ।
कांग्रेस नेतृत्वमा देउवा आएपछि नयाँ पहल
गठबन्धन राजनीतिका पुराना खेलाडी शेरबहादुर देउवा पहिलोपटक कांग्रेसको शक्तिशाली संस्थापन बनेका छन् । कांग्रेस सभापति र संसदीय दलमा भारी मतले जितेलगत्तै उनले नयाादिल्लीको भ्रमण पनि पूरा गरेका छन् । दिल्लीमा आफ्नो नाकको र श्रीमतीको घुाडाको अप्रेसन गरेका देउवाले दिल्लीमा विदेशमन्त्री सुष्मा स्वराजलगायतका नेताहरूसाग महत्त्वपूर्ण भेटघाट गरेका छन् । देउवा दिल्लीमै रहादा काठमाडौंमा रहेका उनका विश्वासपात्र बालकृष्ण खाणले सरकार परिवर्तनको वेला आएको जनाउ दिएका थिए । पुनर्निर्माण प्राधिकरण, न्यायाधीश र राजदूत नियुक्ति गर्दा प्रतिपक्षको अस्तित्वलाई नै बेवास्ता गरेकोमा कांग्रेस असन्तुष्ट छ । प्रतिपक्ष र सत्ताभित्रैको असन्तुष्टिलाई संगठित गरेर नयाा समीकरण बनाउन देउवा सक्रिय भइसकेका छन् ।
संविधान कार्यान्वयन प्रक्रिया अघि बढेन
देशको सबभन्दा ठूलो दल प्रतिपक्षमा रहादा नयाा संविधानको कार्यान्वयन जटिल भएको एमाओवादीको भनाइ छ । दलहरूबीच सहमति नभएकाले ६ महिना मिहिनेत गर्दा पनि संसद्को नियमावलीसमेत बनेको छैन । त्यसैले संसद् चलाउन मात्र होइन, संघीयतालगायतका संविधानका नयाा व्यवस्था कार्यान्वयन गर्न कांग्रेससहितको राष्ट्रिय समीकरण बनाउनुपर्ने तर्क एमाओवादीले अघि सारेको छ ।
बालुवाटारमा दुई दलको डिनर मिटिङ
गठबन्धनमा असमझदारी बढेपछि प्रधानमन्त्री केपी ओलीले दुई दलका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएर डिनर मिटिङ गरेका छन् । मंगलबार राति १० बजेसम्म जारी बैठकमा एमालेका तर्फबाट ओलीसहित माधव नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल, भीम रावल र विष्णु पौडेललगायतका नेता थिए भने एमाओवादीका तर्फबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, वर्षमान पुन अनन्त, गिरिराजमणि पोखरेल र हरिबोल गजुरेललगायतका नेताहरू थिए । माल्पुवादेखि माछा, कुखुरा र खसीको मासुलगायतका परिकारसहितको छलफल भने त्यति मीठो नरहेको स्रोतको भनाइ छ ।







