बैशाख १२ । काठमाडौं, भ्रष्टचारको आरोपमा पक्राउ परेका पत्रकार तथा साझा यातायातका अध्यक्ष कनकमणी दीक्षितलाई विशेष अदालत काठमाडौंले १० दिन न्यायीक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
दीक्षितको स्वास्थ्य समस्या रहेकाले अदालतले १० दिन न्यायीक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको हो ।
शुक्रबार पक्राउ परेका दीक्षितलाई दुई दिन पछि अनुसन्धानका लागि म्याद थप गर्न अख्तियारको टोलीले विशेष ल्याएको थियो। विशेष अदालतमा दुवै पक्षका कानुन व्यवसायीहरु म्याद थप गर्नु पर्ने र नपर्ने विषयको बहस पछि अनुसन्धानका लागि १० दिन म्याद थप गर्न अदालतले अनुमति दिएको हो। अख्तियारले २५ दिनको समय मागे पनि विशेषले १० दिनको समय दिएको हो। साथै विशेष अदालतले दीक्षितको स्वास्थ्य समस्याको कारण विशेष निगरानी गर्न कानुन व्यावसायीसँग भेटघाट गर्न दिन पनि आदेश दिएको छ।








