काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संविधान कार्यान्वयनको अभिभाराबाट पन्छिएर अस्थिरताको कारक बन्न सक्ने सत्तारुण्ढ एमालेले ठहर गरेको छ ।
राजधानीमा मंगलबार सुरु भएको एमाले पोलिब्यूरो बैठकमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो औल्याइएको हो । राष्ट्रिय स्वाभिमान र स्वाधिनताका मुद्दामा कमजोर प्रस्तुति र कम्युनिष्टमाथि पूर्वाग्रही दृष्टिकोणसँगै कतिपय कांग्रेस नेताले संविधानबारे दिएको अभिव्यक्तिले यस्ता शंका उत्पन्न भएको प्रतिवदेनमा उल्लेख छ ।
‘संविधान कार्यान्वयनको मुख्य अभिभाराबाट विचलित भएर कतै कांग्रेस अस्थिरताको कारक बन्छ की भन्ने शंका पैदा भएको छ’ ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । आजको नागरिक दैनिकमा यो समाचार छ ।








