काठमाडौं । बैशाखदेखि गर्ने भनिएको राष्ट्रव्यापी आन्दोलनको तयारीबारे मधेसीमोर्चाका शीर्ष नेताहरुले दूतावासमै गई जानकारी भारतीय राजदूतल रञ्जित रेलाई सम्पूर्ण जानकारी दिएका छन् ।
होली पर्वका अवसरमा राजदूत रेले बिहिबार दूतावासमा बोलाएको ब्रेकफासट बैठकमा राजदूतको जिज्ञासापछि उनीहरुले त्यासबारे जानकारी गराएका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार रेलाई अबको आन्दोलन राजधानीकेन्द्रित हुने र पहाडी जनजातिहरुको समेत सहयोगमा ठुलठुला प्रदर्शन गर्ने योजना र तयारी रहेको जानकारी दिइएको छ ।
राजदूत रेले ‘तपाईहरुले बैशाखदेखि फेरि प्रारम्भ गर्ने भनेको मधेस आन्दोलनको तयारीका बारेमा के हुँदैछ ?’ भन्ने प्रश्न गरेको मोर्चाका नेताहरुले बताए । आजको अन्नपूर्णपोष्ट दैनिकमा यो समाचार छ ।








