कांग्रेस महामन्त्रीमा शशांक कोइराला विजयी

sasangkaकाठमाडौं, कांग्रेस महान्त्रीमा शशांक कोइराला निर्वाचित भएका छन् ।

१३ औं महाधिवेशनमा भएको निर्वाचनमा अर्जुननरसिंह केसी र गगन थापालाई पछि पार्दै सशांक महामन्त्रीमा निर्वाचित भएका हुन् । उनी रामचन्द्र पौडेल समूहबाट चुनाव लडेका थिए । निर्वाचन समितिले आधिकारिक घोषणा गर्नमात्र बाँकी छ । कोषाध्यक्षमा पनि पौडेल समूहकै सीतादेवी यादव अगाडि छन् ।

को हुन् शशांक?
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा सशांक कोइरालाको जन्म २०१५ सालमा विराटनगरमा भएको हो । लामो समय चिकित्सा पेसामा संलग्न आँखा रोग विशेषज्ञ डाक्टर कोइराला ०४६ सालको जनआन्दोलनमा चिकित्सकहरूका तर्फबाट सहभागी थिए ।
परिवारसँगै २०१७ देखि २०३६ सालसम्म निर्वासित जीवन बिताएका कोइराला ०६७ को १२औं महाधिवेशनमा चौथो स्थानको मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका थिए । उनी नवलपरासीबाट ०६४ र ०७० को दुइटै संविधानसभामा निर्वाचनमा विजयी भएका हुन् ।

सम्बन्धित शिर्षकहरु