फागुन १९ । काठमाडौं, महाधिवेशन आउनु एक दिनअघि बुधबार कार्यबाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौलाले उम्मेदवारी घोषणा गर्दै छन् । वरिष्ठ नेता शेरबहादुर देउवा भने महाधिवेशन उद्घाटनकै दिन २० फागुनमा प्यानलसहित उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् ।
पौडेलको उम्मेदवारी घोषणा केन्द्रीय कार्यालयमा
पौडेलले बुधबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्यानलसहितको उम्मेदवारी घोषणा गर्दै छन् । महामन्त्रीमा शशांकलाई राखेर पौडेलले सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् । पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार संस्थापनका शीर्ष नेताहरूसँग सहमतिपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा प्यानलसहित उम्मेदवारी घोषणा हुनेछ ।
देउवाको घोषणा बिहीबार
देउवाले बिहीबार बिहानसम्म उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । ‘सभापतिमा हाम्रो पक्षबाट शेरबहादुर देउवाको उम्मेदवारी घोषणा गरेजस्तै छ । औपचारिकता मात्र चाहिने हो,’ देउवानिकट केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले भने, ‘महामन्त्री र कोषाध्यक्षको उम्मेदवार तय गरेर २० गते घोषणा हुन्छ ।’
सिटौला पार्टी प्यालेसमा उम्मेदवारी घोषणा गर्दै
सिटौलाले बुधबार अनुपम पार्टी प्यालेस बत्तीसपुतलीमा सभापतिमा उम्मेदवारी घोषणा गर्दै छन् । उनका सहयोगी किरण सिटौलाका अनुसार दिउासो तीन बजे उम्मेदवारी घोषणा हुनेछ । किरणले भने, ‘उम्मेदवारी घोषणा गर्दा मौखिक घोषणापत्र पनि आउँछ ।’ सिटौलाले महामन्त्रीमा युवा नेता गगन थापालाई अघि सारेका छन् ।
उद्घाटनअघि नै मनोनयन दर्ता
कांग्रेसको महाधिवेशन उद्घाटनअगावै निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार १ बजे खुलामञ्चमा उद्घाटन हुनुअघि बिहान ८ बजेदेखि नै उम्मेदवारी दर्ता सुरु गरिनेछ । दर्ता बेलका ५ बजेसम्म चल्नेछ ।
२१ फागुन ११ बजे उम्मेदवारी दर्ताको पहिलो नामावली प्रकाशित गरिनेछ । नामावलीमाथि संशोधनको समय २१ गते बिहान ११ बजेदेखि १ बजेसम्म तोकिएको छ भने दाबी विरोधका लागि २ देखि ४ बजेसम्म समय मिलाइएको छ । निर्वाचन समितिमा परेको दाबी विरोधअनुसार निर्वाचन समितिले गर्नुपर्ने जााचबुझ भने त्यही दिन बेलुका ६ बजेसम्म गरिने भएको छ ।
उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि निर्वाचन समितिले २२ गते बिहान ९ बजे देखि ११ बिहान बजेसम्मको समय तोकेको छ । उम्मेदवारी फिर्ता लिने समय सकिनासाथ बिहान ११ बजे नै निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने भएको छ ।
काठमाडौाको भृकुटीमण्डपमा बन्दसत्र हुने भएकाले भृकुटीमण्डप र पार्टी केन्ऽीय कार्यालय सानेपामा यी सूचना प्रकाशित हुने सचिव प्रेम केसीले बताए । मतदान भने राष्ट्रिय सभागृहमा हुने भएको छ । फागुन २३ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समयावधि तोकिएको छ । मतदान सकिएपछि उम्मेदवार र निर्वाचन समितिको संयुक्त बैठकको निर्णयअनुसार मतगणनाको समय तोकिने निर्वाचन समितिको तयारी छ । मतदानमा विद्युतीय मतदान नहुने भएको छ ।
धनुषा ५ बाहेकका २ हजार ८ सय ६८ महाधिवेशन प्रतिनिधिका नाम मंगलबार केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गरिएको थियो । भातृ तथा शुभेच्छुक सङ्गठन र विदेशस्थित जनसम्पर्क समितिबाट आउन बाकी छ ।
विदेशी पाहुना को–को आउँदै ?
बंगलादेशका सूचनामन्त्री, बिहारका मुख्यमन्त्री र कम्बोडिया सरकारको अन्तर्राष्ट्रिय विभाग प्रमुख आउँदै । कांग्रेस महाधिवेशनउद्घाटन कार्यक्रममा भाग लिन भाजपा नेता भगतसिंह कोस्यारी, भारतीय राष्ट्रिय कंग्रेसका महासचिव बिके प्रसाद, प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालका एक आफन्त बिहीबार आउादै छन् ।
बिहारका मुख्यमन्त्री नीतीस कुमार र उनको दल जनता दल युनाइटेडका महासचिव केसी त्यागी बुधबार आउादै छन् । त्यस्तै, सिपिआईका अन्तर्राष्ट्रिय विभाग प्रमुख पल्लब सेन गुप्ता, समाजवादी नेता विजय प्रताप, मोहन प्रकाशलगायत पनि आउादै छन् ।
कांग्रेस विदेश विभाग सदस्य राकेश हमालका अनुसार बंगलादेशबाट सूचनामन्त्री हसनुल हक इनु आउने तय भएको छ । कम्बोडियाबाट सरकारको अन्तर्राष्ट्रिय विभागका प्रमुख योस सोआ र उनका एक सहयोगी पनि आउादै छन् । सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलाको पनि आउने तय भएको कांग्रेसले जनाएको छ ।







