इन्डियाले पाकिस्तानलाई हरायो

काठमाडौं । एसिया कप क्रिकेटको पछिल्लो खेलमा इन्डियाले पाकिस्तानलाइ ५ विकेटले हराएको छ ।

शनिबार राती भएको कम स्कोरको खेलमा विराट कोहलीको ४९ रनको मद्दतले इन्डिया बिजयी भएको हो । मात्र ८४ रनको लक्ष्य इन्डियाले २७ बल अघि नै ५ विकेट गुमाएर पार गर्यो ।

मोहम्मद अमिरले ८ रन बनाएर इन्डियाको ३ विकेट लिएपनि टिमलाई हारबाट जोगाउन सकेनन ।

टस हारेर पहिले व्याटिङ गरेको पाकिस्तान १८ औं ओभरमा अलआउट हुँदै मात्र ८३ रनमा समेटिएको थियो । उसका लागि सरफराज अहमदले सर्वाधिक २५ रन बनाए । इन्डियाका हार्दिक पाण्डेले खेलमा ३ विकेट लिएका थिए ।

सम्बन्धित शिर्षकहरु