असनेपालन्युज , सिड्नी । सिड्नीमा तामाङ ल्होछार भव्य रुपमा सम्पन्न भएको छ । तामाङ सोसाइटी अफ सिड्नी अस्ट्रेलियाको आयोजनामा सिड्नीमा बृहत् तामाङ ल्होछार आयोजना भएको हो । तामाङ संस्कृतिमा आधारित गीत नृत्य र नृत्यमा सेलो, कन्टेम्पोरी, र्याप गीत आधुनिक नृत्य सो अवसरका आकर्षण थिए । सिड्नीका स्थानीय कलाकारहरु र आमन्त्रित कलाकार द्वय प्रेम लोप्चन र इन्दिरा गोले गुरुङको सबै दर्शकलाई
नचाएका थिए । हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न अादिवासी जनाजातिहरुले मनाउने चाड हो ।
विभिन्न बाह्रवटा जनावरहरुमा अाधारित आफ्नो उमेर गन्ने परम्परा हो ।कुनै बालबालिका जन्म हुदाँ ऊ जन्मेको बर्षलाइ कुन जनावरमा समर्पित गरिएको छ त्यही अनुसारले लामा गुरुहरुद्वारा महायान बुद्धधर्म अनुसार को पात्रो हेरेर उसको वर्ग वर्ग निर्धारण गरिन्छ । उनको बर्गले ऊसको विवाह, महत्वपूर्ण कार्यको शुरुवात् आफ्नो व्यवसायिक साझेदार तथा उनले गर्नुपर्ने व्यवसायको छनोट आदि, उसको भावि जीवनको हरेक पक्षमा अहम भमिका खेल्छ।हाम्रो समाजमा यस्ता परम्परागत सस्कृतिहरु लोपोन्मुख अवस्थामा पुगेको जानकारै छन् ।
हाम्रो पुर्खाहरुले छाडेर गएको अमुल्य नासोहरु मध्ये ल्होछार पनि एक हो। यस पटकको बाँदर बर्ग हाम्रो आगनमा आइपुगेका
अवस्थामा यो पर्व मनाईेएको आयोजक हरूले बताए । सबैले यस्ता चाडपर्व ब्यक्तिगत वा सार्वजनिक रुपमा मनाइ यसको विकास गरी हाम्रो समाजको मौलिकतालाइ जीवन्त राख्न तामाङ समाज सिड्नी तपाईंहरू सबैलाई अपील गर्दछ। नेपाली सस्कृतिलाइ जीवन्त राख्ने उद्देश्य ले यो कार्यक्रम गरिएको समाजका अध्यक्ष अरुण तमाङगले सो अवसरमा बताउनु भयो । हामीले तामाङ समूदायलाई मात्र नभई सबैलाई मनोरञ्जन दिने उद्देश्य राखेर साथै नेपालको विविध संस्कृतिको जगेर्ना र नेपाली समूदायको परिचय विस्तार गर्न कार्यक्रम आयोजना गरेका हौं,’ कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूको धारणा थियो यो ।
अस्ट्रेलियाको समाजको विशेषता भनेकै बहुजातीय समाज, विविधतामा एकता, मल्टिकल्चर सोसाइटी हो,’ उनले भने, सबैखाले प्रस्तुतीका माध्यमबाट त्यसको उजागर गर्नु हाम्रो दायित्व रहेको नेपाल संघीय समाज अस्ट्रेलियाका अध्यक्ष गणेश तमाङग बताउनुहुन्छ
।
पिटरशाम टावन हलमा भव्यताका साथ “ल्होछार कार्यक्रम २०१६”मा समुदायका विभिन्न क्षेत्रका ब्यक्तिहरूको बाक्लो उपस्थिती रहेको थियो । सो अवसरमा समुदायका अगुवा प्रतिनिधिहरू चित्र तुम्बाहाम्फे , आङ्ग छिरिन्ङ शेर्पा , ले कार्यक्रम अत्यन्त रोचक भएको असनेपालन्युजलाई प्रतिकृया दिनुभएको थियो ।फोटो :तामाङ सोसाइटी अफ सिड्नी,








