अग्निपरीक्षामा ओलीको भारत भ्रमण

kp-oliफागुन ४ । काठमाडौं, प्रधानमन्त्री केपी ओलीको बहुप्रतीक्षित भारत भ्रमण शुक्रबारबाट सुरु हुँदैछ ।  बहुप्रतीक्षित यस अर्थमा कि २७ असोजमा प्रधानमन्त्रीमा निर्वाचित भएलगतै भारतले ओलीको भ्रमण गराउन चाहेको थियो । तीन पटकसम्म टेलिफोन वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको लागि आग्रह गरेपनि नाकाबन्दी नखुल्दासम्म ओलीले भ्रमणप्रति चासो देखाएनन् । तर सवै नाका खुलेपछि भने उनी भारत भ्रमणका लागि तयार भए ।

प्रधानमन्त्री बनेको १७ हप्तापछि आगामी शुक्रबार प्रधानमन्त्री ओली नयाँ दिल्ली प्रस्थान गर्नेछन । ७ देखि ११ फागुनसम्म हुने भ्रमण प्रधानमन्त्रीको रुपमा ओलीको पहिलो औपचारिक विदेश भ्रमण हुनेछ  । यो भ्रमणलाई नेपाल र भारत दुवै देशमा ठूलो चासोपूर्वक हेरिएको समाचार दृष्टि साप्ताहिकले छापेको छ ।

पछिल्ला झण्डै पाँच महिनादेखि दुई देशबीचको सम्बन्ध कटुटापूर्ण बनेका कारण पनि यो उच्चस्तरीय भ्रमणलाई चासोपूर्वक हेरिएको हो । त्यसोतः ओलीसहित भ्रमण दलका महत्वपूर्ण सदस्यलाई राष्ट्रपति भवनमा बसोबासको व्यवस्था गरेबाटै यो भ्रमणलाई भारतले कति महत्व दिएको छ भन्ने पुष्टि हुन्छ ।

सम्बन्धित शिर्षकहरु