माघ २७ । काठमाडौं, भारतले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भई जटिल राजनीतिक संक्रमणको मिसन पूरा गर्न सफल भएको भन्दै कोइरालको प्रशंसा गरेको छ ।
भारतीय सर्वदलीय सांसदका साथ कांग्रेस सभापति कोइरालालाई श्रद्धाञ्जली अर्पण गरेपछि कांग्रेसका शीर्ष नेताहरुसंग दशरथ रंगशालमामा संक्षिप्त भेट गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले कोइरालाको राजनीतिक भूमिकाको सराहना गरेकी हुन् ।
कोइरालाकै नेतृत्वमा संविधान जारी हुनुका साथै पहिलो संविधान संशोधन प्रस्ताव पनि अघि बढ्यो । संविधान जारीपछि देखिएको असहज अवस्था हट्यो ।
कोइरालाले आफ्नो मिसन पूरा गर्न सफल हुनभयो, भारतीय विदेशमन्त्रीलाई उद्धृत गर्दै कांग्रेसका कार्यबहाक सभापति रामचन्द्र पौडेलले भने । मुलुकमा देखिएको जटिल राजनीतिक संक्रमणकाल हल गर्न कोइरालाको महत्वपूर्ण योगदान रहेको उनले बताइन् । आजको अन्नपूर्णमा समाचार छ ।


![g]kfnL sfu|];sf ;efklt tyf k"j{ k|wfgdGqL :jf= ;'zLn sf]O/fnfsf] kfly{j zl//df >4f~hln lbg g]kfn cfpg' ePsf ef/lto ljb]z dGqL z'idf :j/fh k'ik u'R5fn] >4f~hln ck{0f ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/02/1455026105839_Pro_Ktm_-Sushil-Koirala_India_Shushma-soraj-4-300x200.jpg)





