प्रधानमन्त्रीले बोलाएपछि काठमाडौं आएँः राजेन्द्र महतो

rajendarकाठमाडौं,  मधेस समस्या समाधान नगरी कुनै हालतमा काठमाडौं नटेक्ने ‘भीष्म प्रतिज्ञा’ गरेका सद्भावना अध्यक्ष राजेन्द्र महतो अन्ततः काठमाडौं ओर्लिएका छन् ।

उनी ‘प्रधानमन्त्रीले समस्या समाधान गर्छु तपार्इं काठमाडौं आउनु होस् भनेर फोन गरेको भन्दै आइतबार काठमाडौं उत्रिएका हुन् । विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै आफु यो पटक समस्या समाधान हुने आशा लिएर काठमाडौं आएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले आसा दिलाउनु भएको छ । त्यहि भएर म काठमाडौँ आएको छु । नत्र भने त मधेस जान्थे । समस्या समाधान भएन भने मधेस छँ दै छ ।’

उनले अगाडी भने,  ‘आन्दोलनले उठाएका मागहरु पुरा हुनु पर्छ । मुलुकले निकास पाउनु पर्छ । अधिकार नपाएका मधेशी मुश्लिम, दलित, जनजाति सबैले अधिकार पाउनु पर्छ ।’

उपचारको क्रममा भारतीय नेताहरुलाई भेटेका महतोले भने, ‘भारतीय नेताहरुको पनि वार्ता र सहमतिमा समाधान होस् भन्ने चाहना छ, भारतीय नेताहरुले पनि सबैले अधिकार पाउनु पर्नेमा जोड दिएका छन् ।’

महतोले संविधान संशोधन गरेर समस्या समाधान हुनुपर्ने बताए । तर, अझै पनि कसैले उधारोमा मधेशलाई ठग्न खोजे त्यसको परिणाम राम्रो नहुने उनको भनाई छ ।  ‘ठग्न पाईंदैन । जे–जे दिन्छ सरकारले त्यो सबै नगदमा नै लिने हो ।  सरकार इमान्दारीका साथ आउनु पर्छ । मधेसमा दुई प्रदेश विना समस्या समाधान हुँदैन ।’

महतो मधेस आन्दोलनको समयमा प्रहरीसंगको झडपमा घाइते भएर दिल्ली उपचार गर्न गएका थिए ।

सम्बन्धित शिर्षकहरु