माघीमा पर्वको अवसरमा कसले के सन्देश दिए ?

;'Gb/ ;'b"/ –  k/Dk/fut e]ife'ifdf ;lhP/ cltyLsf] :jfut ub]{ s}nfnL >Lk'/sf yf? dlxnf . k/Dk/fut?kdf wfg v]tL ub]{ cfPsf] of] ;d'bfon] t/sf/L v]tL c+ufn]sf sf/0f lhjg:t/df ;'wf/ cfPsf]  atfP .   t:jL/ – pk]Gb| nfld5fg]

माघी पर्वले सबै नेपालीको बीचमा बन्धुत्व विकास गरोस्ः कोइराला

माघ   १ । काठमाडौँ, नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले थारु समुदायको महान् चाड माघी र मगरलगायत अन्य समुदायले मनाउने माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

सभापति कोइरालाले आज विज्ञप्ति जारी गरी अलग अलग इतिहास र परम्परासँग आबद्ध यस्ता चाडपर्वले सम्बन्धित समुदायमा नयाँ उमङ्ग, हौसला र उत्साह प्रदान गर्दै अन्य समुदायसँग आत्मीय सम्बन्ध विकास गर्न पनि सघाउने उल्लेख गरेका हुन् ।

“सङ्क्रमणकालको यस घडीमा देखिएका राजनीतिक र अन्य समस्या आपसी संवाद, सहकार्य, एकता, मेलमिलाप र सहमतिको माध्यमबाट समाधान हुनेमा म विश्वस्त छु”– विज्ञप्तिमा उल्लेख छ । उनले माघी पर्वले सबै नेपालीको बीचमा बन्धुत्व, सद्भाव, एकता र सहिष्णुता विकसित गर्दै मुलुकको राजनीतिक, आर्थिक, सामाजिक विकास र स्थायित्वका लागि समर्पित रहन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।

राष्ट्रिय एकता सम्वद्र्धन गर्न बल पुग्ने विश्वास

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले सबै जाति, वर्ग र समुदायको परम्परादेखि चलिआएका धर्म, संस्कृति, परम्परा र संस्कारलाई समस्त नेपालीले समान रुपले सम्मान गर्नु नै नेपालीको विशिष्ट पहिचान भएको बताएका छन् ।

मकर सङ्क्रान्ति तथा थारु, छन्त्याल र मगर समुदायको महान् पर्व माघीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा बस्ने सो समुदायका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

यसै उपलक्ष्यमा नेकपा माल०का महासचिव तथा उपप्रधानमन्त्री सिपी मैनालीले मकर सङ्क्रान्ति तथा माघीका अवसरमा आज शुभकामना सन्देश दिँदै यस्ता पर्वले सबै नेपालीमा सद्भाव एवम् आत्मीयतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकता सम्वद्र्धन गर्न बल पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षकहरु