भूकम्प पीडित विद्यार्थीहरूलाई गोरखा समाज अष्ट्रेलियाको यस्तो साथ

अष्ट्रेलिया, गोरखा समाज अष्ट्रेलियाले भूकम्प पीडित गोरखाका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । उसले गोरखा ताराचन्द्र मावि मुच्चोकका १ सय ५२ जना तथा प्रभा मावि खरिबोटका २ सय ५१ जना विद्यार्थीहरूलाई जाडोमा लगाउने न्यानो ट्रयाकसुट ज्याकेट वितरण गरेको हो ।

संस्थाले उक्त कार्यमा सहयोग गर्ने सहयोगी हातहरू, कार्यक्रममा संयोजक सुरेन्द्र दवाडी र  विद्यालयका प्रधानाध्यापकहरू तथा सबै सम्बन्धितहरूलाई धन्यवाद ज्ञापन समेत ज्ञापन गरेको छ । त्यस्तै संस्थाले आगामी दिनमा यस्तै सहयोग जारी राख्ने समेत बताएको छ ।

सम्बन्धित शिर्षकहरु