नेपाली सेनाले पत्ता लगायो यस्तो सुराक

Nepal-Armyपुस २९ । काठमाडौं, ‘एकातिर मधेसमा सिके राउनको फौजी गतिविधि बढ्नु अर्कातिर सनराइज बैंकमा यस्तै गतिविधिका निम्ति करोडौं रकमको ओइरो लाग्नु । मामला रहस्यमय छ । कहाँबाट, कुन उद्देश्यले यस्तो रकम आउँदै छ त्यो बुझ्नुपर्छ ।’

सेनाको जासुसी निकाय डिएमआई प्रमुख समशेर ठकुराठले मन्त्री र सचिवको ब्रिफिङ तथा पृतनापति सम्मेलनमा यस्तो जानकारी दिन थालेका छन् । उता, केन्द्रीय सुरक्षा समितिको बैठकले पनि सिकेको गतिविधिमाथि सूक्ष्म निगरानी बढाउँदै सशक्त कारबाहीको तहसम्म पुग्नुपर्ने निर्णय गरेको छ ।

बाबुरामको बौद्धिक छवि र दूरदृष्टिका कारण उनको समूह २/३ वर्षभित्र गन्नलायक राजनीतिक शक्तिका रुपमा स्थापित हुने अनुमान गर्न थालिएको छ । जंगी अड्डाद्वारा दक्षिणी छिमेकी, असन्तुष्ट युवा र प्रतिष्ठित बौद्धिक तप्काको बाबुरामलाई साथ रहने आंकलनसमेत गरिएको छ ।

कम्युनिष्ट पृष्ठभूमिका कारण सबैले सहजै पत्याउन नसके पनि बाबुराम देशका निम्ति घातक नरहेको समेत सेनाको ठम्याइ छ । विप्लवको शक्ति ०५२ सालको जस्तो नभएको, पूर्वलडाकुलगायत थुप्रै असन्तुष्ट माओवादीको उनलाई साथ रहेको सेनाले मूल्यांकन गरेको छ ।

यसबीच, विप्लव समूहले २/४ वर्षलाई पार्टी चलाउने रकम जम्मा गरिसकेको सूचना डिएमआईलाई प्राप्त भएको छ । आयल निगमका महाप्रबन्धक गोपाल खड्कालाई मोसो दल्ने र जुत्ताको माला लगाउने भन्दै तर्साएर २ लाख असुलिएको समेत गुप्तचर स्रोतको दावी छ । जनआस्था साप्ताहिकमा खबर छ ।

सम्बन्धित शिर्षकहरु