एजेन्सी, पछिल्लो हप्ता ह्वाइट हाउसमा रुँदै भाषण गरेका अमेरिकी राष्ट्रपति बाराक ओबामाको आँसु नक्कली भएको भन्दै एक समाचार संस्थाले व्यङ्ग गरेको छ। उसले ओबामाले आँसु निकाल्न प्याँजको प्रयोग वा जोनसोन बेबी स्याम्पु प्रयोग गरेको हुनसक्ने भनेको छ ।अमेरीकामा बन्दुक खरिद वा बिक्री गर्ने कानुनको बारेमा बोल्दै गर्दा ओबामाको उनको आखा रसाएका थिए।
तीन वर्षअघि कनेक्टिकटको न्यु टाउनस्थित एउटा विद्यालयमा भएको गोलीकाण्डबारे बोलिरहँदा उनको आँखामा आँसु देखिएको थियो । त्यतिखेर उनले भनेका थिए ‘जब म ती बालबालिकाका बारेमा सोच्छु तब म पागल हुन्छु,’, ‘हामी सबैले यो मुद्दामा कठोर हुन सिनेटसँग माग गर्नुपर्छ ताकि बन्दुकको पक्षमा हुने लबीलाई झुट साबित गर्न सकियोस् ।
न्युज च्यानलका एङ्कर एन्ड्रिया टंटासोसले भनिन, ‘नेताले जस्तो इमोशन देखाए, त्यसमा भरोसा गर्न सकिदैन’।पोडिएमको नजिक कतै प्याज वा जोनसन बेबी स्याम्पु हुनुपर्छ भन्दै उनले राष्ट्रपतिको आशु भरपर्दो नभएको व्यङ्ग गरेकी छिन।








