नाईफा शुभकामना साँझका के के छन् त आकर्षण !

असनेपालन्युज ,सिड्नी । एक नविन मनोरन्जनात्मक कार्यक्रम नैफा साँझ को अन्तिम तयारी पुरा भएको छ । सो कार्यक्रममा ३ सय भन्दा बढी दर्शकहरूको उपस्थिती हुने अपेक्ष्या रहेको बताइएको छ ।” स्थानीय नवप्रतिभाशाली कलाकारलाई उच्च सम्मान दिई उनीहरुकै प्रस्तुतिको मनोरंजन लिन हामि सबै उग्र प्रतिक्षामा ब्यग्र छौ नै “-नाईफाका अध्यक्ष भरत देवकोटा बताउनु हुन्छ । यस पटक हामीले धेरै नै खारिएका राम्रा र नौला प्रस्तुति पस्कने जमर्को गरेका छौ. जसमा नृत्य, गायेन, बेजोड कमेडी, उखान टुक्का साथै सामाजीक कार्य मा विभिन्न माध्यम बाट योगदान गर्नुहुने व्यक्तित्व सम्मान कार्यक्रम रहेको छ-कार्यक्रम संयोजक विनोद मैनली असनेपालन्युजलाई बताउनुहुन्छ । उहांका अनुसार यसपटक पनि पहिलेको झैँ अग्रज अभिभावक लाइ सम्मान स्वरुप निशुल्क टिकट, साथै साना छोरा छोरी हरुको लागि पनि माया स्वरुप प्रवेश निशुल्कको व्यवस्था गरेको बताईएको छ । अष्ट्रेलियामा रहेका स्थापित र नव प्रतिभा कलाकारहरुको जोडदार प्रस्तुति रहने कार्यक्रममा ईश्वर पोख्रेल अविरल, समीर आचार्य, नरेश रेग्मी, संजीव पराजुली, राज कुमार गोस्वामी, शैलेश शर्मा, रन्जीता गोदार, सोनी पौडेल, केदार बरुवाल, प्रभेश अधिकारी, कपिल पन्थ लगायतले आफ्नो प्रस्तुती देखाउने छन्। कार्यक्रम २०१६ जनवरी १० आईतबार ५ बजे बाट सुरुहुने बताईएको छ ।

 

सम्बन्धित शिर्षकहरु