मञ्चमै रोए ओबामा

Obama-Guns_safety_376606544एजेन्सी, अमेरिकी राष्ट्रपति बाराक ओबामा एक सार्वजनिक कार्यक्रममै धरधरी रोएका छन्।

संयुक्त राज्य अमेरिकामा देखिएको बन्दुक संस्कृतिमाथि रोक लगाउने आफ्नो योजना सार्वजनिक गर्दै उनी रोएका हुन्। अमेरिकामा बन्दुकसँग जोडिएको हिंसाका कारण कयौं व्यक्तिको मृत्यु हुने गरेको छ। अमेरिकामा बन्दुकको अन्धाधुन्ध दुरुपयोग हुँदै आएको छ।

कनेक्टिकटको न्युटाउनमा तीन वर्षपहिले यस्तै बन्दुक संस्कृतिका कारण मारिएका २० छात्राको सम्झनामा आयोजित कार्यक्रममा भावुक भएका ओबामा रोएका थिए। राष्ट्रपति ओबामाले भने, जब म तिनीहरूको सम्झना गर्छु। त्यतिखेर म निकै दुःखित हुन्छु।’

त्यस्तै उनले भने, ‘सबैलाई बन्दुक संस्कृतिको विरोध गर्ने कंग्रेस संसद् बनाउनका लागि आह्वान गर्छु।’ अनियन्त्रित बन्दुककै कारण अनाहकमा दिन प्रतिदिन अमेरिकी नागरिकले ज्यान गुमाउँदा पनि त्यसलाई नियन्त्रणका लागि कानुन बनाउन कंग्रेसले नसघाएपछि उनी यसरी विह्वल बनेका हुन्।

ओबामाले बन्दुक व्यापारीलाई पनि कडा चेतावनी दिए। बन्दुक व्यापारीले र त्यसको वकालत गर्नेले कंग्रेसलाई बन्धक बनाएको भन्दै आक्रोश व्यक्त गरे । सरकारको काममा बाधा उत्पन्न गर्ने त्यस्ता व्यापारी र तिनका समर्थकलाई अनुमति दिन नसकिने स्पष्ट पारे।

उनले अमेरिकामा बन्दुक कारोबारी निकै शक्तिशाली भएको पनि खुलासा गरे। उनले भने, त्यस्ता तत्वले वर्तमान कंग्रेसलाई बन्धक बनाएको छ। तर त्यसले सिंगो अमेरिकालाई बन्धक बनाउन सक्ने छैन।

सम्बन्धित शिर्षकहरु