डेढ करोड लिटर इन्धन साँचेर निदायो सरकार

४ पुसयता इन्धनको आपूर्ति तीन गुना बढेको छ, तर वितरण उस्तै छ

कति छ मौज्दात ?
oil-1-660x330पुस १७ । काठमाडौं,  डिजेल एक करोड २० लाख, पेट्रोल २८ लाख र हवाई इन्धन २१ लाख लिटर मौज्दात
आयल निगमले सर्वसाधारणलाई डिजेल बााड्नसमेत कञ्जुस्याइ गरेको छ, तर काठमाडौंका सडक जाम छन्

थानकोटमा १३ लाख लिटर पेट्रोल मौज्दात
थानकोट डिपोमा करिब १३ लाख लिटर पेट्रोल मौज्दात छ । निजी कार, जिप, भ्यानलाई साताभित्रै पेट्रोल वितरण गरिने निगम प्रवक्ता घिमिरेले बताए । चारपांग्रेलाई करिब १० लाख लिटर पेट्रोल वितरणको तयारी निगमको छ । तर, दुईपांग्रेलाई  तत्काल नदिइने भएको छ ।

कसरी हुँदै छ वितरण ?
सरकारले ११ मंसिरमा अत्यावश्यक क्षेत्रका सवारीसाधनलाई मात्रै पेट्रोल र डिजेल दिने निर्णय गरेको थियो । त्यसयता निगमले उपत्यकामा दैनिक औसतमा पेट्रोल ५० हजार र डिजेल २ लाख ५० हजार लिटर वितरण गर्दै आएको छ । मंसिरको तुलनामा पुस सुरुदेखि नै इन्धन आयात बढेको छ । तर, आपूर्ति बढाइएको छैन ।

शुक्रबारबाट डिजेल वितरण बढाइने
निगम प्रवक्ता मुकुन्द घिमिरेले मौज्दात बढेकाले शुक्रबारबाट डिजेल वितरण बढाउने बताए । हाल देशभर दैनिक आठदेखि नौ लाख लिटरसम्म डिजेल वितरण भइरहेकोमा शुक्रबारदेखि १६ लाख लिटरसम्म वितरण हुने उनको भनाइ छ । सामान्य समयमा देशभर २७ लाख लिटरसम्म डिजेल वितरण हुन्छ ।

हवाई इन्धन २१ लाख लिटर मौज्दात
नाकाबन्दीको केही समयपछि निगमले अन्तर्राष्ट्रिय उडान भर्ने विमानलाई इन्धन उपलब्ध गराउन छाडेको थियो । तर, अहिले मौज्दात २१ लाख लिटर पुगेकाले अन्तर्राष्ट्रिय उडान भर्ने विमानलाई चाँडै इन्धन दिइने निगमले जनाएको छ । नयाँ पत्रिका

सम्बन्धित शिर्षकहरु