राहत समाग्री सेनाको ब्यारेकको गोदामबाटै बेपत्ता

16dtnw5पुस  १५ ।  काठमाडौं, नेपाली सेनाको चौबीसै घण्टा ड्यूटी हुने ब्यारेकभित्रको गोदामबाट राहत सामाग्री हरायो भन्दा अनौठौ लाग्न सक्छ ।

प्रहरी नै संलग्न थिए भनेर पत्याउन अझ मुश्किल पर्छ । तर घटनाले त्यही पूष्टि गरेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको गोदामबाट राहत सामाग्री गायब भएको घटना सुनेर भूकम्पपिडित छक्क परेका छन् । ‘कार्टुभित्र बाल्टी, थाल र प्रेसरकुकर राखिएको थियो,’ समितिका एक सदस्यले भने, ‘ काटूृनबाट प्रसर कूकर गायब पारियो। थाल र बाल्टी जस्ताको तस्तै छ ।’

भूकम्पका बेला जिविसको गोदामको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिइएको थियो । प्रहरीले नै राहत सामाग्री चोरेपछि गोदाम नेपाली सेनाको ब्यारेकमा सारियो । ब्यारेको भण्डार कक्षबाट पनि स्तरीय, महँगा र राम्रा राहत सामाग्री हराएको स्रोतले कान्तिपूरलाई बतायो ।  कान्तिपुर दैनिकबाट।

सम्बन्धित शिर्षकहरु