सिड्नीमा दिवङ्गत हुन पुगेकि नेपाली अभिभावकको दाह संस्कारका लागि सहयोग को अपिल

असनेपालन्युज। सिड्नी । अस्ट्रेलिया भ्रमणमा आईपुगेकि एक नेपाली अभिभावक को सिड्निमा भएको रहस्यपुर्ण मृत्‍युले सबैलाई आश्चर्यमा पारेको छ । छोरा बुहारी काममा गएपछि हरेक दिनझैं आफ्नो नाति स्याहरमा जुटने गरेकिशोभा नगरकोटीको गत बुधवार आफ्नै निवासमा मृत अवस्थामा फेला परेकि हुन्। उनले सदा झैं आफ्ना छोरा बुहारीलाई काममा जान विहानै विदा दीईन र एक्लै १ वर्षिय नाति हेर्दै घरमा वसिन तर वेलुका सम्म उनिहरूलाई कुर्न असमर्थ भईन । साँझ घर फर्कंदा एक वर्षको नाती छेउमै रोई रहेको थियो भने उनले सदाका लागि विश्राम लीई सकेकी थीइन ।

बुहारीले रुंदै असनेपालन्युजलाई भनिन “उहां विहान सकुशल हुन्हुन्थ्यो , आउंदा त्यो अवस्थामा भेट्दा हामी अतालियौं र अनौठो दु:खमा पर्यौं “। अहिले पोस्ट मार्टमका लागि उनलाई लगिएको छ र आगामि सातामै उनको दाह सँस्कार हुने तयारी गरिएको उनका छोरा बिनोद नगरकोटि असनेपालन्युजलाई बताउंछन्। शोभा नगरकोटी काठमाण्डौ महानगरपाकी स्थायी बासिन्दा थीईन र उनि ५७ वर्षकि हुन्।

पोस्टमार्टम को रिपोर्ट आईपुगेको छैन तर उनिमधुमेह रोग का कारण यसरी दिवङ्गत हुन्पुगेकि परिवारको आशंका रहेको छ । स्टार्थफिल्डमा बस्दै आएकि शोभा विगत सात महिना10555079_950953174987093_834321764_n देखि अस्ट्रेलियामा थीइन ।शोक र दु:ख त छंदैछ त्यसमाथि पनि अहिले विनोदलाई आर्थिक समस्याले थिचेको छ । दाह सँस्कार तथा अन्य खर्च को जोहो को भार त छदैं छ त्यस माथि पनि काम छोड्नुपर्दा उनिहरू अझै खर्च अभावमा परेका छन्। उनिहरूले समुदायका मनकारी दाता हरू सँग आर्थिक सहयोगको अपिल गरेका छन्। सहयोगको हात बढाउनेहरूले बिनोद नगरकोटिको निम्न खातामा सिधैं सहयोग गर्न सक्नुहुनेछ ।

वैंक खाता नम्बर BSB:062105,

                   AC: 10498182,

                  Binoda Nagarkoti रहेको छ ।

परेको बेलामा सकेको सहयोग गर्ने नेपाली समुदायको पहिचान नै भएकाले आवश्यक सहयोग दाह सँस्कार पुर्व नै जुट्न सक्ने नगरकोटी परिवारको अपेक्ष्या रहेको छ । विनोद भन्छन्” आमा सोफामा ढलिरहनुभएको थियो भने हातमा दूधको बोतल थियो तर बच्चा छेउमै उनी बाट सहयोगको याचना गरिरहेको  थियो  ।” सहयोगको लागि समुदायलाई  अपिल गरिएको एन आर एन कार्यसमिती सदस्य छवि सापकोटा बताउनु हुन्छ । असनेपालन्युज परिवारले मृतक प्रति श्रद्दान्जली र परिवारजनलाई धैर्य धारण गर्ने क्षमता मिलोस भन्ने कामना गरेको छ ।

सम्बन्धित शिर्षकहरु