फिजिमा पहिलो नेपाली संस्थाको स्थापना

12414260_948880505194360_1471435998_o 2012072613101944 download e8d498f33ba1428b21d404ccfb0da1dc_1390588203_l ISKCON-Sigatoka-Fiji-9 MatangiResort-SeasideDining shutterstock_83454310-1 sigatoka Suva_City_Walu_Bay_Industrial village-from-fort१३६ वर्ष पछि नेपाली संगठित !

असनेपालन्युज । फिजी, सिङ्गाटोका ।  नेपालीहरू फिजी पुगेको १३६ वर्ष पछि फिजिमा एक नेपाली संस्थाको स्थापना भएको छ । नेपाली पहिचान , रितिरिवाज र भाषा साहित्य विस्तारका लागि सो संस्थाको स्थापना गरीएको संस्थाका नवनिर्वाचित अध्यक्ष प्रविण देव घर्ती असनेपालन्युजलाई बताउनुहुन्छ । सिङ्गाटोका कावानाङासाउ मा उपस्थित नेपालीइहरूको भेलाले सो समिती गठन गरेको हो। हालसम्म रामायण मन्डलीको रुपमा एकाध समुह उदय गरिएका भए पनि यसरी बैधानिक रुपमा नेपाली संस्था स्थापना गरिएको पहिलो भएको फिजी नेपाली संस्न्थाका उपाध्यक्ष जीवन सिंह बताउनुहुन्छ । हाल सो संस्थामा १३ सदस्य रहेका छन्। फिजिमा स्थायी रुपले बस्दै आएका नेपालीमुलका नेपालीहरू विच सो समुह तत्यार गरिएको हो । नेपाली बोल्न नजान्ने  नेपालीहरू रहेको फिजिमा उनिहरूले अब छिट्टै भाषा कक्ष्या समेत सन्चाल्न गर्ने जनाएका छन्। नेपालीहरू ब्यवसाय , कृषि , तथा अनी उद्द्योग धन्दामा संलग्न छन्। सन् १८७० मे १५ मा भारतीय कामदार सँगैं मिसिएर नेपाली कामदारहरू त्यहां पुगेका थिए । बेलायती सरकारको ‘गिर्मिटिया ‘बनेर पुगेका नेपालीहरूको तेस्रो पुस्ता अहिले फिजिमा रहेका छन्। सो संस्थाको सल्लाहकारमा नेपाल फिजी सास्कृतिक राजदुत भीमसेन सापकोटा हुनुहुन्छ ।
सन् १८७९ मे १५ मा कलकत्ता बाट फिजिको शुभा पुगेको पहिलो जहाज ‘लियोनिदास’ , ले नेपाली पाइला लाई फिजी टापुमा पुर्याएको थियो । ४६३ जना यात्रु  बोकेको जहाज ७५ दिन लगाएर कलकत्ताबाट फिजी टापु पुर्याईेको थियो । यो पहिलो जहाजमा कति नेपाली थिए त्यसको कुनै तथ्यंङ्क भेटिंदैन तर सिङाटोकाका एक नेपाली जेष्ठ नागरिक  भन्छन् ‘हरेक जहाजमा ४०-५० जना देखि १ सय सम्मको संख्यामा नेपाली हरू रहेको हामीहरूले सुन्दै आएका छौं । सन्१८७९ देखि १९१६ सम्म भारत बाट फिजी पुगेका कुल ८७ जहाजमा नेपाली कती पुगेका थिए भन्ने एकिन छैन तर त्यो सख्या ५ हजार भन्दा काम नभएको अनुमान छ । हाल यो संख्या विस्तारित भएर १० हजारको हाराहारिमा पुगेको इनसाइकोपिडिया ले उल्लेख गरेको छ । फिजिको ठुलो टापु ‘मेन्ल्यान्ड ‘ भीती लेभु ‘र ‘भाउनुवा लेभु’ अन्तर्गतका सिङाटोका र लम्बासा मा नेपालीहरूका तेस्रो पुस्ता भेट्न सकिन्छ । राइ , घर्ती , मगर , थापा , न्यौपाने , पराजुली , तमाङ लगायतका थर भएका नेपालीइहरू भेटिने सो ईलाकामा नेपाली बोल्ने नेपाली भने कोहि पनि भेटिन्न्न । उनिहरूको चुलामा अझै गुन्द्रुक , सेल , ढिंडो नेपाली, परीकार पाक्छ , भेष भुषामा अझै टोपी लगाउंछन् , चाड पर्वमा दशैं  तिहार , मनाउंछन्। अनुहार हेर्दा नेपाली छ तर कुरा गर्न थाल्यो उनिहरूको भाषा पुरै हिन्दी र अङ्रेजी  मात्र छ ।
१३६ वर्षको ईतिहास नेपालीहरूको फिजिमा छ तर यो समुदायको प्रवर्द्दनमा न त फिजी सरकारले साथ थियो न त नेपालले नै हामीलाई खोज्यो ‘”फिजी नेपाली अशोसिएशनका महासचिव विजेन्द्र सिंह गुनासो गर्छन्” । यसो त फिजी सरकारले नेपाली कमदारलाई पनि भारतीयकै दर्जामा राखेको र भारती नै हुन् भनेर ब्यवहाँर गर्ने गरेको बताइन्छ । उनिहरूविच दरिलो संघ र जोडदार आवाज नभएकाले पनि नेपाली पन हराउंदै गएको युएन को शान्ती प्रवर्द्दन कार्य सम्हाल्न फिजी पुगेका नेपाली सन्तोष नौपाने बताउनुहुन्छ ।
यस सवालमा प्रधानमन्त्रि फ्रङ्क बेनि मरामा ले पङ्तिकार सँगको कुटनितिक भेटघाटका क्रममा भन्नुभयो ” हामी बहुजातिय र बहुसामुदायिक नीति अनुसार सबैलाई समान अवसर दिंदै आएका छौ : जहांसम्म नेपाली समुदायको कुरा छ हामी उनीहरूलाई प्रवर्द्दन गर्न अन्य समुदायलाई सरह समान मौका दिन्छौं , यहि करणले नै ‘फिजी नेपाली सांस्कृतिक दुत को समेत नियुक्त गरेका हौं । हामी यस बारेको तथ्याङ्क र थप रिपोर्ट को लागि तय गर्दै छौं ” ।
भाषा नरहे पछि जातीय पहिचान हराउंदै जान्छ , अबको २ पुस्ता  पछि फिजिमा नेपाली पनि पुरै हराउन सक्ने चिन्तामा छन् फिजी इन्डियन नेपाली इन्क का महासचिव अनिश बेहती । यस बारेमा अन्तर्राष्ट्रिय साहित्य समाज ‘अनेसास ‘का केन्दीय अध्यक्ष्य पदम विस्वकर्मा भन्नुहुन्छ ‘हामी फिजिमा आफ्नो सन्जाल विस्तार गर्ने क्रममा छौ र नेपाली भाषा साहित्य विस्तारमा हामी अब तुरुन्तै पहल गर्दै छौ । पुराना नेपाली बाहेक पछील्ला वर्षहरूमा फिजी पुग्ने नेपालीइहरूको सन्ख्या भने अती नगन्य छ । ति मध्ये कोहि पर्यटन त कोही ब्यापार ब्यवसायमा संलग्न छन्।

सम्बन्धित शिर्षकहरु