ब्रिसबेन, भारतीय नाकाबन्दीको विरोधमा प्रवासी नेपालीहरू पनि आन्दोलिन हुने क्रममा बढोत्तरी आइरहेको छ । अष्ट्रेलिया एनएनआरएनएले पनि आन्दोलनका विभिन्न कार्यक्रममाहरू सार्वजनिक गरिसकेको छ ।
यस्तै सन्दर्भमा नेपालमा अघोषित नाकाबन्दी लगाएर भारतले नेपालको भूपरिवेष्ठित मुलकुले पाउने अधिकारलाई कुन्ठित तुल्याएको भन्दै ब्रिसवेनबासी नेपाली समुदाय पनि आन्दोलित भएका छन् ।
उनीहरूले नेपालमा भूकम्प पीडितलाई थप पीडा दिएको र पेट्रोलियम पदार्थको अभाव, औषधिको अभावका कारण अर्थतन्त्र नै धरासायी बन्न पुगेको याथर्थलाई विश्व्यापीकरण गर्न हस्ताक्षर संकलन गर्न थालेका हुन् ।
अष्ट्रेलियाको क्वीन्सल्याण्ड ब्रिसबेन निवासी नेपालीहरुले हस्ताक्षर अभियान सुरु गरिरहेका छन् । हस्ताक्षर संकलन मंगलबार र बुधबार जारी रहने उनीहरूले जानकारी दिएका छन् । बुधबार साँझ ६ बजेसम्म स्थानीय किंग स्क्वायरमा हस्ताक्षर संकलन गर्ने र बिहीबार विरोधपत्र सहित हस्ताक्षर बुझाउने कार्यक्रम रहेको अभियानकर्तामध्येका एक एनआरएनका पूर्व उपाध्यक्ष स्वतन्त्रप्रताप शाहले जानकारी दिएका छन् । सोमबारबाट सुरु गरिएको हस्ताक्षर संकलन कार्यमा सहभागी हुनका लागि क्वीन्सल्याण्डवासी नेपालीलाई आग्रह गरिएको छ ।
देशलाई समस्या परेको बेला विशवको जुनसुकै कुनामा रहेका नेपालीले पनि सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ यस्तो कार्य गर्न लागिएको हो । देशमा आएको संकटको समाधानमा ऐक्यबद्धता जनाउने यो अभियानमा साथ दिन अपिल समेत गरिएको छ ।







