अमेरिकामा नेपालीले कसरी पाए पसल उपहार ?

अमेरिका, यसअघि अमेरिकन सेना रहेर काम गरेका एक नेपालीसलिल गौतमले झन्डै २ करोड (१ लाख ९० हजार डलर) धनराशि बराबरको रकम छुट पाउँदै सेवेन-ईलेवेन सहुलियत पसल प्राप्त गरेका छन्। नेपालको पूर्व झापा दमक घर भएका उनी हाल अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्दै आएका छन् ।

आफ्ना परिवार तथा अन्य अतिथिहरुको उपस्थितिमा सलिलले उक्त सहुलियत पसलमा आफूले रातो फित्ता (रेड रिबन) काटी समुद्घाटन गरी सेवेन(ईलेवेन पसल व्यवस्थापनले उनलाई हस्तान्तरण गरेको छ । उक्त समुद्घाटन कार्यक्रममा बेलुन उडाउनुको साथै उपस्थित भएका समुदायका अभिभावक तथा बालबालिकाहरुलाई निःशुल्क विभिन्न खानेकुरा वितरण गरिएको थियो । झन्डै १ दशक देखि अमेरिका बस्दै आएका गौतम साढे चार वर्ष अमेरिकन सेनाको तर्फबाट इराक र अफगानिस्थानमा समेत सेवा गरेका थिए।

समुद्घाटन कार्यक्रममा पसल प्राप्त गर्न सफल भएकोमा हर्ष व्यक्त गर्दै आफू सेसापिक सहर परिवार सहित बसोबास गर्ने भएकोले नरफोक सहर नजदिक र पाहेक समेत परेकोले त्यही छनौट गरेको बताएका थिए । अमेरिकाको सेवेन– ईलेवेन सहुलियत पसलले पहिलो पटक आयोजना गरेको भेटेरन फ्रेन्चाइज स्टोर्स प्रतिस्पर्धामा सामाजिक सञ्जाल अनुहार किताब अन्तर्गत भएको प्रतिस्प्रधामा गौतम उत्कृष्ट तीन प्रतियोगीमा पर्न सफल भएका थिए ।

उक्त रकम नगद नभै पसल स्वामित्व हुनु अगाडि लाग्ने प्रारम्भिक स्वामित्व शुल्क सेवेन– एलेवेनलाई तिर्नु पर्ने रकम भएको बताउदै अन्य कुराहरूमा पसल लिने धनीले लगानी गर्नु पर्ने गौतमले बताए । अमेरिकामा १९२७ मा स्थापना भएको सेभेन(ईलेभन विश्वका ४० वटा भन्दा बढी देशहरूमा सहुलियत पसलहरु सञ्चालनमा रहेका छन् भने अमेरिकामा ग्यास स्टेसन (पेट्रोल पम्प ) विशेष सञ्चालनमा रहेका छन् । –नेपालब्रिटेनको सहयोगमा

सम्बन्धित शिर्षकहरु