राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर पनि उपप्रधानमन्त्री !

chitra-bahadur-kcकाठमाडौं, राष्ट्रिय जनमोर्चाका नेपालका अध्यक्ष चित्रबहादुर केसी उपप्रधान तथा गरिबी निवारण मन्त्री बन्ने भएका छन्। उनी पार्टीको केन्द्रीय समितिको सिफारिसमा प्रधानमन्त्री केपी ओली नेतृतवको मन्त्रिपरिषद्मा सहभागी हुने पक्का भएको हो ।

विदेशी हस्तक्षेप बढिरहेको र नाकाबन्दीकै कारण राष्ट्रियता संकटमा परेको अवस्थामा राष्ट्रियताको रक्षाका लागि आफू मन्त्रिमण्डलमा गएको उनको दावी छ ।

यो सँगै ओली नेतृत्वको मन्त्रिमण्डलमा ६ जना उपप्रधानमन्त्री बन्ने देखिएको छ । एमालेबाट भीम रावल, र माले महासचिव सीपी मैनाली पनि उप्रप्रधानमन्त्रीको शपथ लिँदैछन् भने एमाओवादीबाट टोपबहादुर रायमाझी, राप्रपा नेपालबाट कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट विजय गच्छदार उपप्रधानमन्त्री बनिसकेको छन् ।

राष्ट्रियताका पक्षधरहरूको सरकार बनेको र आफू पनि राष्ट्रियता बचाउन लागि परेकले सरकारमा जाने निर्णय भयो,’उनले भने,‘संविधानका सकारत्मक पक्षको कार्यान्वयन गर्न पनि आफू सरकामा आउनु परेको हो।’

सम्बन्धित शिर्षकहरु