मस्को, इजिप्टको सिनाई प्रायद्वीपमा शनिबार दुर्घटनाग्रस्त रसियाली एक विमान इस्लामिक स्टेट आइएस लडाकूले खसालेको भन्ने प्रचार मात्र भएको इजिप्टका राष्ट्रपति अब्दुल फत्ताह अल सिसीले बताएका छन्।
एयरलाइन्सका अधिकारीहरुले बाह्य कारणबाट नै यो दुर्घटना भएको बताएको हुनाले आइएस शाखाद्वारा गरिएको यो एक प्रचार भएको उहाँले बताउनु भएको हो । विश्लेषकहरुले भने ब्लायाक बक्सहरुमा मात्र यो साँँचो कुरा पत्ता लाग्ने बताएका छन् ।
यस प्रचारबाट इजिप्टको स्थायित्व र सुरक्षामा क्षति पुयाउन मात्र आइएस लडाकूले यस्तो प्रचार गरेको सिसीले बिबिसीलाई दिएको एक अन्तरवार्तामा बताउनु भएको जनाइएको छ ।
सो दुर्घटनामा विमान यात्रा गरिरेहका २२४ व्यक्तिको मृत्यु भएको थियो । विमानमा सात चालक दलका सदस्य र २१७ जना यात्रु सवार रहेका थिए ।
इजिप्टको सराम अल सेख विमानस्थलबाट उडेको सो विमान रसिया जाँदै गरेको र विमानमा प्रायः जस्तो रसियाली नागरिक नै रहेका जनाइएको छ ।
रसियाको सेन्ट पिटसबर्गका लागि सो विमान उडेको र २३ मिनेटपछि सम्पर्क विच्छेद भएको थियो । रसियाली विमान सेवा कोगालिमावियाको ए ३२१ नम्बरको सो एयर बस स्थानीय समयानुसार शनिबार बिहान ५.५१ बजे उडेको थियो ।








