दशैंमा सून्य शहर

dashinकाठमाडौँ,  बडा दशैं अन्तर्गत टीकाको दोस्रो दिन आज पनि आफन्तजन र ईष्टमित्रको हातबाट टीका जमरा ग्रहण गर्नेक्रम जारी रह्यो । यातायातको साधनहरू सिमित मात्रामा चल्दा टीका थाप्न जानेहरू हिँडेरै गन्तव्यमा पुग्न विवश भए।

भारतको अघोषित नाकाबन्दीको प्रत्यक्ष असर सहरी क्षेत्रमा ज्यादा देखिन्छ।इन्धन लगायत अत्यावश्यक सामाग्रीहरूको अभाव हुँदा जनजीवन अत्यन्त कष्टकर बनेकै कारण महत्वपूर्ण चाड दशैं पनि मानिसहरूले उमंगपूर्वक मनाउन पाएनन् ।

मानिसहरूको चहलपहल घटेकै कारण शहरमा सून्यता छाएको देखिन्छ भने बाटामा फाट्टफुट्ट मात्रै टीका थाप्न जानेहरू भेटिन्छन् ।

सम्बन्धित शिर्षकहरु