एकताका लागि सुकीको यस्तो आग्रह

म्यानमार, म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान् सुकीले पश्चिमी म्यनमारका राखिनबासीहरुलाई एकताका लागि आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो– देश शान्ति र प्रजातन्त्रका लागि अघि बढिरहेको वर्तमान अवस्थामा सबैले एकतामा नै जोड दिनुपर्दछ ।

आगामी नोभेम्बर महिनामा हुन लागेको निर्वाचनको प्रचार अभियानका क्रममा शनिबार राखिन पुग्नुभएको उहाँले सबै म्यानमारबासीहरुलाई एकताका साथ अघि बढ्न आग्रह गर्नुभएको हो ।

नेत्री सुकीले शुक्रबार म्यानमारको राखिन राज्यमा शनिबार निर्वाचन अभियान सञ्चालन गर्नुभएको हो । उहाँलाई दर्जनौँको सङ्ख्यामा सुरक्षा प्रदान गरिएको सरकारले जनाएको छ ।

नेत्री सुकीले नोभेम्बर ८ का लागि आयोजित सो अभियानमा हजारौँको सङ्ख्याका कार्यकर्ताको पनि सहभागिता रहेको बताइएको छ ।

विगत लामो समयदेखि द्वन्द्व कायम रहेको पश्चिमी राखिन राज्यमा बौद्धमार्गीहरुको बसोबास रहेको छ । त्यहाँका बौद्धमार्गीहरुले उहाँले स्थानीय मुस्लिमहरुलाई समर्थन गरेको आरोप लगाउने गरेका छन् ।

अल्पसङ्ख्यकको रुपमा सो क्षेत्रमा बसोबास रहेका मुस्लिमहरु र बौद्धमार्गीबीच विगतलेखि नै हिंसा चर्किँदै आएको छ ।
हजारौँ स्थानीय नागरिकले उहाँको स्वागत गरेका थिए । समर्थकहरुलाई गर्नुभएको सम्बोधनमा उहाँले सबैलाई मिलेर बस्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो– जाती, धर्म र आश्थाका आधारमा कसैको अवस्था असुरक्षित हुनु भनेको दुःखद हो त्यसैले सबैले विना भेदभाव सम्मानपूर्वक बस्न पाउनुपर्छ ।

सो थान्डे क्षेत्रमा म्यानमारका आदिवासी मानिने रोहिङ्गा मुस्लिमहरुको बस्ती रहेको छ । उनीहरुले आफ्नो अधिकारका लागि विगतका वर्षहरुदेखि लड्दै आएका छन् ।

उनीहरु र बौद्धमार्गीबीच सन् २०१२ मा भएको भिडन्तका क्रममा कम्तीमा पनि २०० मानिस मारिएका थिए । त्यसको अघि पछि पनि विभिन्न समयमा हिंसा हुने गरेको र केही नागरिकको ज्यान जाने गरेको बताइन्छ ।

सो भिडन्तपछि करिब डेढ लाख नागरिक विस्थापित भएका थिए । सो क्षेत्रमा अहिले पनि समय समयमा हिंसा मच्चिने गर्दछ ।

सबै नागरिकले एकताको सुत्रमा बाँधिएर सम्मानका साथ बाँच्न पाउनुपर्छ र हाम्रो देशलाई घृणा, हिंसा र भेदभावले कहिल्यै पनि फाइदा गर्दैन– उहाँले भन्नुभयो ।

सम्बन्धित शिर्षकहरु