एनआरएन अध्यक्षमा पुनः घले, कसले कति मत पाए?

12108246_1263848353631673_6470897735262765296_nअसोज २९ । काठमाडौँ,  गैर आवासीय नेपाल संघ (एनआरएन)को अध्यक्षमा पुनः शेष घले निर्वाचित भएका छन् । बिहीबार काठमाडौँमा सम्पन्न निर्वाचनमा उनले अर्का प्रत्यासी टेकबहादुर (टीबी) कार्कीलाई पराजित गरेका हुन् ।  उनले ८ सय ६७ मत पाएका छन् ।

निर्वाचनको परिणाम अनुसार उपाध्यक्षमा भुवन भट्ट, कुमार पन्त निर्वाचित भएका छन्। भट्टले ५ सय ३८ मत पाए भने पन्तले ५ सय १३ मत पाएका छन् । त्यसैगरी महासचिवमा ५ सय ५५ मतका साथ बद्री केसी, निर्वाचित भएका छन् । त्यस्तै संघको सचिव र कोषाध्यक्षमा क्रमशः अनर्जन श्रेष्ठ र हिक्मत थामा निर्वाचित भएका छन् । श्रेष्ठले ३ सय ९१ मत पाए भने थापाले २ सय ६४ मत पाएका छन् । यूरोप संयोजकमा कुल आचार्य निर्वाचित भए । महिला संयोजकमा सपिला राजभण्डारी, युवा संयोजकमा विजय पोखरेल अफ्रिकामा सुनील कार्की निर्विरोध निर्वाचित भएका थिए । यस्तै युवा उपसंयोजकमा लोकराज शर्मा र महिला उपसंयोजकमा राजनी प्रधान निर्वाचित भएका छन् । अमेरिका संयोजकमा सेनामा लामा, एसिया प्यासिफिक संयोजकमा किरण विक्रम थापा र यूरोप सहसंयोजकमा दावा शेर्पा र प्रेम गुरुङ निर्वाचित भएका छन् । त्यस्तै मध्यपूर्व संयोजकमा डम्मरबहादुर (डीबी) क्षत्री, उपसंयोजकमा धर्म गिरी र उमेश अधिकारी र ओसनियामा महेन्द्र लम्साल निर्वाचित भएका छन् ।

७१ देशका १५ सय प्रतिनिधि सम्मिलित सम्मेलनमा करिब १ हजार ५ सय जनाले मतदान गरेका थिए र  अध्यक्षमा घलेलाई सहयोग गर्दै पूर्वमहासचिव रतनकुमार झाले उम्मेदवारी फिर्ता लिएका थिए । आगामी ३० शनिबार काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन सकिने आयोजकले जनाएका छन् । यसपटकको सम्मेलनले भूकम्पपछिको अवस्थामा नेपालको पुनःनिर्माण र पूर्वाधार विकासमा बैदेशिक लगानी अभिबृद्धिमा जोड दिएको छ ।

सम्बन्धित शिर्षकहरु