प्रचण्ड किन गएनन् चीन ?

pushpa_kamal_dahal--621x414काठमाडौँ, इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टिज आइक्यापको असोज २८ गते हुने २५ औँ स्थायी कमिटीको बैठकमा भाग लिन प्रमुख तीन दलका नेता आज छिमेकी चीनको बेइजिङतर्फ प्रस्थान गरेका छन् ।

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका नेत्री सुजाता कोइराला, नेकपा एमालेका सचिव प्रदीप ज्ञवाली त्यसतर्फ प्रस्थान गरेका हुन्।

एमालेका सचिव ज्ञवालीले आफू चीनमा हुने रेशम मार्गसम्बन्धी सम्मेलनमा पनि सहभागी भई आगामी साता स्वदेश फर्कने जानकारी दिए।

यसअघि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल पनि ती कार्यक्रममा जाने तय भएपनि नयाँ सरकारको विस्तारका काम बाँकी रहेकाले उनको भ्रमण रद्द भएको छ ।

सम्बन्धित शिर्षकहरु