ओलीलाई बधाई दिन भारत–चीनबीच यस्तो प्रतिष्पर्धा प्रतिस्पर्धा

k|wfgdGqL cf]nLnfO{ awfO k|wfgdGqL s]kL zdf{ cf]nLnfO{ pxfFs} lghL lgjf; afnsf]6df awfO{ tyf z'esfdgf lbFb} z'elrGtsx? . tl:a/ M /d]z lu/L, eQmk'/,/f;;

असोज २६ । काठमाडौँ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी प्रधानमन्त्री केपी ओलीलाई बधाई दिएको भोलिपल्ट चिनियाँ प्रधानमन्त्री लि कछियाङले ओलीलाई बधाई सन्देश पठाएका छन् ।
ओलीलाई सोमबार बिहान नेपालका लागि भारतीय राजदूत रणजित रायले बुकीको फूल दिएर बधाई ज्ञापन गरेका छन् भने दिउँसो भारतीय गृहमन्त्री राजनाथ सिंहले टेलिफोन गरी बधाई दिएका छन् । साँझ चिनियाँ राजदूत ऊ चुन्थाईल पनि ओली निवास बालकोट पुगेर भेटवार्ता गरेका छन् । त्यसअघि उनले आइतबार एमाले मुख्यालय पुगेर प्रधानमन्त्री निर्वाचित भएकोमा ओलीलाई बधाई दिएका थिए नयाँ पत्रिका लेख्छ ।

चीनका प्रधानमन्त्री कछियाङले सरकार, जनता र व्यक्तिगत तर्फबाट प्रधानमन्त्री ओलीलाई हार्दिक बधाई र सफलताका लागि कामना गरेका छन् । प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि चिनियाँ प्रधानमन्त्री लिले सन्देश पठाएका हुन् । नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्थाईले यही सन्देश आइतबारै प्रधनमन्त्री ओलीलाई भेटेर दिइसकेका छन् ।

प्रधानमन्त्री लिले भनेका छन्, ‘चीन र नेपाल नजिकका र हार्दिक छिमेकी हुन्, दुईपक्षीय सम्बन्ध लामो समयदेखि परीक्षण हुँदै आएको छ । दुई मुलुकले एकअर्काका मुख्य साझा मुद्दामा आपसी सहयोग गर्दै आएका छन् ।’

चिनियाँ परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा चुन्यिङले सोमबार बेइजिङमा आयोजित मिडिया ब्रिफिङमा ओली नेतृत्वको सरकारले राष्ट्रिय एकता, स्थिरता र विकास प्रक्रियामा नयाँ उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘
चीन र नेपाल आपसमा सुखदुस्ख साट्दै आएका असल छिमेकी र मित्र हुन् । चीनले नेपालसँगको दुईपक्षीय सम्बन्धलाई ठूलो महत्त्व दिएको छ, जसले नेपाली जनताले आफ्नो राष्ट्रिय स्थितिअनुसार छान्ने सामाजिक प्रणाली र विकासको पथलाई सम्मान गर्छ,’ प्रवक्ताले भनेका छन्, ‘चीन राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डता कायम राख्ने नेपालको प्रयासलाई समर्थन गर्दछ ।’

राजनाथको टेलिफोन, रायको भेट
भारतीय गृहमन्त्री राजनाथ सिंहले सोमबार प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी बधाई दिएका छन् । सिंहले ओलीको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेको ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।

सोमबार बिहानै ओली निवास बालकोट पुगेर भारतीय राजदूत रणजित रायले बधाई दिँदै भारतको औपचारिक भ्रमणको निमन्त्रणा गरेका छन् । ओलीले आफू चाँडै भारत भ्रमणमा जान प्रतीक्षारत रहेको जवाफ दिएको भारतीय दूतावासले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु