संयमित हुन प्रशासनको आग्रह

लुम्बिनी, रुपन्देहीको बेलहिया नाकामा सोमबार भएको घटनालाई लिएर स्थानीय प्रशासनले सरोकारवालासँग परामर्श गरेको छ ।

आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमिमा बसेर हानेको ढुङ्गा लागेर प्रहरी नायब उपरीक्षकसहित आठ प्रहरी र केही सर्वसाधारण घाइते भएपछि जिल्ला प्रशासन कार्यालयले आज सरोकारवालासँग छलफल गरेको हो ।

रुपन्देहीका प्रजिअ विष्णुप्रसाद ढकालले नागरिक समाज, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ र बेलहियावासीलाई बोलाएर छलफल गर्नुभएको हो । उनले आन्दोलनले उग्ररुप लिएकामा चिन्ता व्यक्त गर्दै संयमित हुन बेलहियावासीलाई आग्रह गरे।

प्रजिअ ढकालले आन्दोलनकारीले भारतीय भूमि प्रयोग गरेर नेपाल प्रहरी र स्थानीय जनतामाथि ढुङ्गा हानेको घटनाप्रति आपत्ति जनाउँदै आन्दोलनकारीलाई नउक्साउन बेलहियाबासी र उद्योगी, व्यापारीलाई आग्रह गरे । उनले आन्दोलनलाई हिंसात्मक नबनाउन र नाकामा अवरोध नगर्नसमेत आन्दोलनरत %

सम्बन्धित शिर्षकहरु