पेरिस, शनिबार राति आएको आँधीको त्रास फ्रान्समा अझै कम नभएको बताइएको छ । तथा बाढीका कारण १७ जना फ्रान्सेली नागरिकको मृत्यु भएको राष्ट्रपति फासाँ ओलान्दले बताएका छन् ।
यस आँधीको प्रकोप अझै कम नभएको मौसमविदहरुले जनाएका छन् । सो कारणले गर्दा नागरिकलाई सुरक्षितस्थानतर्फ सारिएको छ ।
सो आँधीमा परी १७ जनाको मृत्यु भइसकेको र अरु तीन जना हराइरहेको सोमबार प्राप्त समाचारमा जनाइएको छ ।
यो एक प्रलयकारी आँधी हो र यसबाट के कति क्षति भयो भन्नेबारे सरकारले विवरण सङ्कलन गरिरहेको अधिकारीहरुले जनाएका छन् ।
आँधीका कारण भएको क्षति विवरणको मूल्याङ्कन भइरहेको तर एकीन विवरण आउन अरू दुई–तीन दिन लाग्ने राष्ट्रपति ओलान्दले आइतबार नै जानकरी दिएका थिए।
फ्रान्समा शनिबार भिषण वर्षा भएको थियो । लगातारको वर्षासहित नै आएको आँधीले दक्षिणपूर्वी फ्रान्सको केन्स तथा मान्डेलिओ लानापौलमा ठूलो क्षति भएको बताइएको छ ।
आँधीपछि यहाँको ठूलो जनसङ्ख्या बिजुलीबाट बिच्छेद भएको प्राप्त समाचारमा जनाइएको छ । तर अहिले पनि बिजुली वितरणको अवस्था नरहेको र आँधीको प्रकोप नटरेको अधिकारीहरुको भनाई छ ।
कैयौँ उद्धारकर्मीहरुबाट आँधी प्रभावित क्षेत्रमा उद्धारको कार्य जारी राखिएको सरकारले बताएको छ । बाढी पनि निरन्तर रहेकोले उद्वारको कार्य अति प्रभावित भएको अधिकारीले जनाएका छन् ।








