संदिग्ध विद्रोहीद्वारा काश्मिरमा तीन भारतीय सैनिकको हत्या

श्रीनर, भारत र पाकिस्तान सीमा क्षेत्रमा संदिग्ध विद्रोहीद्वारा काश्मिरमा तीनजना भारतीय सैनिकको गोली हानी हत्या गरेका छन् ।

भारत प्रशासित काश्मिरी क्षेत्रमा रातभरी गरिएको गोली प्रहारमा परी तीन भारतीय सेनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतीय सेनाका एकजना प्रवक्ताले सोमबार सो जानकारी दिएको बताइएको छ ।

उत्तरपश्चिमी प्रमुख सहर श्रीनगरबाट १४० किलोमिटर टाढा पर्ने हफ्रुदा जङ्गलमा आफ्ना सहकर्मीहरुले ती तीन सैनिकको शव फेला पारेका जनाइएको छ ।

विद्रोहीले गरेको गोली प्रहारमा तीन सैनिकको मृत्यु भएको सैनिक प्रवक्ता एन।एन जोसीले एएफपी समाचार समितिलाई बताएका छन् ।

जोसीका अनुसार लोलाब मैदान नजिकैमा आतङ्ककारी र सेनाबीच भएको मुठभेडमा आतङ्ककारीहरु पनि मारिएका भारतीय सेनाले जनाएको छ ।

तर मारिने आतङ्ककारी के कतिजना छन् भन्ने बारेमा भने केही पनि खुलाइएको छैन ।

सम्बन्धित शिर्षकहरु