नेपालको संविधानमा हाम्रो समर्थन छः भारतीय कांग्रेस आईका प्रवक्ता

Congress Spokesperson Shakti Singh Gohilकाठमाडौँ,  भारतीय कांग्रेस आईका प्रवक्ता शक्ति सिंह गोहिलले नेपालमा संविधान सभाले जारी गरेको संविधानमा आफ्नो पार्टीको समर्थन रहेको स्पष्ट पारेका छन । उनले भने ‘संविधान नेपालको लागि बनाएको हो । त्यसमा हाम्रो सहयोग र समर्थन रहन्छ ।’

सिंहले नेपालको आन्तरिक मामिलामा भारतीय कांग्रेस आइको हस्तक्षेपको नीति नभएको भन्दै भारत सरकारले के गर्यो त्यो उसैले भन्ने कुरा भएकोले आफूहरुको धारणा नेपाललाई सहयोग गर्र्नुपर्छ भन्ने मात्रै रहेको बताए ।

नेपालमा पछिल्लो समयमा विकसित घटनाक्रमप्रति चिन्ता ब्यक्त गर्दै उनले परिस्थितिलाई सहज बनाएर दुई मुलुकवीच रहँदै आएको ऐतिहासिक सम्बन्धलाई अझै प्रगाढ बनाउनु पर्ने धारणा राखेको पत्रकार ऋषि धमलाले जानकारी दिए ।

जनता दल यूनाईटेडका अध्यक्ष सरद यादवले आफूहरुले पहिलादेखि नै नेपालमा छिटो संविधान आउनुपर्छ भन्दै आएकोले त्यसमा आफूहरुको समर्थन रहेको स्पष्ट पार्दै असन्तुष्ट मधेसी दलहरुको कुरा पनि संविधानमा समेट्नु पर्ने सुझाव दिए ।

सम्बन्धित शिर्षकहरु